प्रचारको क्रममा दलबीच झडप
वैशाख २८, मुसिकोट । एमाले र माओवादी कार्यकर्ताबीच बुधबार झडप भएको छ । मुसिकोट नगरपालिका-७ साँखको माथिगाउँमा झडप हुँदा एक जनपद, एक म्यादी प्रहरी र एकजना एमाले कार्यकर्ता घाईते भएका छन् । झडपको क्रममा प्रहरी सहायक निरिक्षक सोमबहादर बसेल, म्यादी प्रहरी गोपाल बटाला र एमाले कार्यकर्ता सरवीर परियार घाईते भएका हुन् । – अन्नपुर्ण पोष्ट