सबैको समाचार
आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • महाभियोग प्रस्ताव फिर्ता हुँदै

महाभियोग प्रस्ताव फिर्ता हुँदै

5760
Shares
महाभियोग प्रस्ताव फिर्ता हुँदै

काठमाडौँ, १३ जेठ । नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले व्यवस्थापिका–संसद्मा दर्ता भएको प्रधान न्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग प्रस्ताव भोलि आइतबार बिहानसम्ममा फिर्ता हुने बताउनुभएको छ ।
गत वैशाख १७ गते कार्कीविरुद्ध सत्तारुढ नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)का २४९ सांसदले सो प्रस्ताव दर्ता गरेपछि एमालेले न्यायालयमाथिको हस्तक्षेप भएको भनी विरोध गर्दै आएकोमा आज प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा प्रस्ताव फिर्ता लिने सहमति भएको थियो । सर्वाेच्च अदालतकै आदेशबाट प्रधान न्यायाधीश कार्की नियमित काममा फर्किसक्नुभएको छ ।
उपनेता नेम्वाङले सहमतिअनुसार आजै साँझ वा भोलि बिहानसम्ममा सो प्रस्ताव फिर्ता हुने बताउँदै संसद्मा अवरोध गर्ने आफ्नो पार्टीको चाहना नभई सरकारको गलत व्यवहारका कारण अवरोध भएको दाबी गर्नुभयो । रासस

5760
Shares

ट्रेन्डिङ