सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • भूकम्पप्रतिरोधी घर निर्माण गर्न तालिम

भूकम्पप्रतिरोधी घर निर्माण गर्न तालिम

2530
Shares
भूकम्पप्रतिरोधी घर निर्माण गर्न तालिम

भूकम्पका कारण भत्किएको संरचनालाई पुननिर्माण गर्न दाङसिङ गाविसका कालीगढलाई भूकम्पप्रतिरोधी घर निर्माणसम्बन्धी तालिम दिइएको छ ।
भूकम्पका कारण क्षति भएको निजी आवास पुनःनिर्माणलाई तीव्र रुपमा अघि बढाउने उद्देश्यले सिकर्मी तथा डकर्मीलाई सातदिने भूकम्पप्रतिरोधी भवन निर्माणसम्बन्धी विशेष तालिम दिइएको हो ।
तालिममा दाङसिङ गाविसका २५ कालीगढको सहभागिता थियो । सेभ द चिल्डेनको सहयोगमा सामुदायिक विकास केन्द्र नेपालले तालिम सञ्चालन गरेको हो ।
गाउँमा निर्माण हुने घरको माटो परीक्षणदेखि सुरक्षित घर निर्माणका लागि तालिमले महत्वपूर्ण सीप सिकाएको कालीगढ गङ्गाबहादुर तामाङले बताउनुभयो ।
सामुदायिक विकास केन्द्र नेपालका अध्यक्ष नारायण नेपालले सिकेका सीपलाई बलियो र भूकम्प प्रतिरोधी घर निर्माणमा प्रयोग गरेपछि मात्रै तालिमको यथार्थ देखिने बताउनुभयो ।
केन्द्रले दाङसिङ गाविसमा भूकम्प प्रतिरोधी घर निर्माणको लागि ९० जनालाई तालिम दिइसकेको छ । यस्तै संस्थाले एक सय १० विपन्न परिवारका लागि अनुदानसहित भूकम्प प्रतिरोधी घर निर्माण गर्ने अभियान पनि सञ्चालन गरिरहेको छ । रासस

2530
Shares

ट्रेन्डिङ