सबैको समाचार
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • ‘छिन्नभिन्न’ हुँदै लिम्बुवान दल

‘छिन्नभिन्न’ हुँदै लिम्बुवान दल

3375
Shares
‘छिन्नभिन्न’ हुँदै लिम्बुवान दल

जेठ २२, काठमाडौं । ‘स्वायत्त लिम्बुवान राज्य’ घोषणा तथा जातीय अधिकार सुनिश्चितताको मागसहित मुलुकको पूवी भागलाई कार्यक्षेत्र बनाई गठित लिम्बुवान पार्टीहरु छिन्नभिन्न भएका छन् । व्यक्तिगत स्वार्थका लागि नेतृत्व टक्करले लिम्बुवानका नाममा खुलेका पार्टी फुट्नुका साथै असन्तुष्ट समूह अन्य पार्टीमा विलय हुने क्रम बढ्दै गएको छ ।
पूर्वका अधिकांश जिल्लामा केही समययता यी पार्टीका गतिविधि शून्यप्रायः छन् । लिम्बुवानवादीले उठाएका अजेन्डा कमजोर हुँदै गाएकाले सम्बद्ध दलको अस्तित्व संकटमा परेको जानकार बताउँछन् । लिम्बुवानवादीले अरुण–सप्तकोशी पूर्वका ताप्लेजुङ, पाँचथर, इलाम, झपा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र संखुवासभा जिल्ला समेटेर ‘स्वायत्त लिम्बुवान राज्य गठन हुनुपर्ने माग राख्दै आएका छन् ।
-नागरिक दैनिक

3375
Shares

ट्रेन्डिङ