होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सबैको समाचार
सोमवार, अशोज १५, २०८०
  • होमपेज
  • ६ महिनामा प्रभुको नाफा १ अर्ब नाघ्यो

६ महिनामा प्रभुको नाफा १ अर्ब नाघ्यो

६ महिनामा प्रभुको नाफा १ अर्ब नाघ्यो

बैंकले सार्वजनिक गरेको दोस्रो त्रैमासिक अवधिसम्मको वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा गत वर्षको सोही अवधिको तुलनामा दुई गुणाभन्दा बढीले बढेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिसम्म कम्पनीको खुद नाफा ४० करोड ५ लाख थियो।
बैंकले निश्क्रिय कर्जाको अनुपात पनि घटाएको छ। यस अवधिसम्म निश्क्रिय कर्जा ४ दशमलव ८८ प्रतिशतमा सीमित रहेको छ। नेपाल राष्ट्र बैंकले तोकेको सीमाभित्रै निश्क्रिय कर्जाको दर झरेको छ। यस अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ९१ पैसा रहेको छ।
मूल्य आम्दानी अनुपात २३ रहेको छ भने खुद सम्पत्ति मूल्य प्रतिकित्ता १ सय २४ रुपैयाँ छ। बजारमा कम्पनीको साढे ३ सय रुपैयाँको हाराहारीमा सेयर कारोबार हुने गरेको छ।
बैंकको खुद नाफा धेरै देखिए पनि व्याजवापतको आम्दानी भने उल्लेख्य देखिँदैन। यस अवधिमा ब्याजवापतको खुद आम्दानी १ अर्ब ४४ करोड मात्रै छ भने अन्य संचालन आम्दानी १ अर्ब ८२ करोड रहेको छ। जसका कारण आगामी दिनमा यसले नाफामा असर पर्न सक्ने देखिन्छ।

ट्रेन्डिङ