सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • विवादबारे गायक रामकृष्ण ढकालले मुख खाेले

विवादबारे गायक रामकृष्ण ढकालले मुख खाेले

4475
Shares
विवादबारे गायक रामकृष्ण ढकालले मुख खाेले

काठमाडाैँ । गायक रामकृष्ण ढकालले नेपाल अाइडलमा अाफूले दिएकाे अभिव्यक्ति विवादबारे मुख खाेलेका छन् । पछिल्लाे इपिसाेडमा अतिथि जजकाे रूपमा नेपाल अाइडल पुगेका उनले निशान भट्टराइ र प्रताप दासकाे पक्षमा बाेलेकै कारण अहिले उनी विवादमा तानिएका छन्।

सामाजिक सञ्जालमा विभिन्न काेणबाट टिप्पणी भइरहेकै बेला उनले एक युट्युब च्यानलमा अन्तर्वार्ता दिँदै कसलार्इ भाेट दिने या नदिने भन्ने कुरा अाफ्नाे व्यक्तिगत अधिकारभित्र पर्ने बताएका छन् ।

उनले विवादमा पर्ने संकेत भएकाे भए अाफुले त्यहाँ कसैकाे पक्षमा नबाल्ने समेत बताएका छन् । ‘यसरी विवादमा परिन्छ भन्ने कुरा थाहा पाएकाे भए सायद मैले त्यति पनि भन्दिन थिए’ उनले भनेका छन् ।

निशान भट्टराइ अरू कुनै जातिका भएकाे भए पनि अाफूले त्यसरी नै तारिफ गर्ने बताएका गायक ढकालले अाफू विवादमा तानिन्छ भन्ने साेच्दै नसाेचेकाे बताउँछन् ।उज्यालो बाट

4475
Shares

ट्रेन्डिङ