सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • नमोबुद्ध नगरपालिकाका जनप्रतिनिधिमा को रो ना सं क्र मण: अत्यावश्यकबाहेकका सेवा प्रभावित हुने

नमोबुद्ध नगरपालिकाका जनप्रतिनिधिमा को रो ना सं क्र मण: अत्यावश्यकबाहेकका सेवा प्रभावित हुने

3200
Shares
नमोबुद्ध नगरपालिकाका जनप्रतिनिधिमा को रो ना सं क्र मण: अत्यावश्यकबाहेकका सेवा प्रभावित हुने

 

काभ्रे : नमोबुद्ध नगरपालिकामा जनप्रतिनिधिसहित धेरैले कर्मचारीमा कोभिड-१९ को सं क्र म ण देखिएको छ ।

नगर प्रमुख टी.पी. शर्मा तिमल्सिना, उपप्रमुख रामदेवी तामाङ, प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल लगायतलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

नगर प्रमुख तिमल्सिनालाई माघ १ गते सं क्र म ण पुष्टि भएको थियो । उपप्रमुख तामाङ, प्रमुख प्रशासकीय अधिकृत पौडेललाई आज मंगलबार सं क्र म ण पुष्टि भएको हो ।

पौडेलका अनुसार नगरपालिकामा हाल १६-१७ जना कर्मचारीमा कोरोना सं क्र म ण पुष्टि भइसकेको छ । जनप्रतिनिधि र क र्म चा रीमा सं क्र मण पुष्टि भएसँगै कम्तीमा एक साता नगरपालिकामा अत्यावश्यक बाहेकका सेवा प्रभावित हुने प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले जानकारी दिए ।

‘कम्तीमा एक साताका लागि विभिन्न योजना र कार्यक्रमको भुक्तानीसहित अत्यावश्यकबाहेक अधिकांश सेवा प्रभावित हुनेछन्’ पौडेलले भने ।

नमोबुद्ध नगरपालिकाले नगर क्षेत्रभित्र अनावश्यक भीडभाड नगर्न, बाहिर निस्कदा सामाजिक दूरी कायम गर्दै स्वास्थ्य सजगता अपनाउन, कुनै लक्षण देखिए स्वास्थ्यकर्मीलाई सम्पर्क गर्न आग्रह गरेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेको आजको तथ्यांकअनुसार नमोबुद्ध नगरपालिकामा ५१ जना सक्रिय सं क्र मि त छन् ।

 

 

3200
Shares

ट्रेन्डिङ