सबैको समाचार
शुक्रबार, बैशाख २८, २०८१
  • होमपेज
  • गायक राज गुरुङको नया गीत सार्वजनिक, राज र रेखाको यस्तो रोमान्स बाहिरियो {हेर्नुहोस भिडियो सहित }

गायक राज गुरुङको नया गीत सार्वजनिक, राज र रेखाको यस्तो रोमान्स बाहिरियो {हेर्नुहोस भिडियो सहित }

5450
Shares
गायक राज गुरुङको नया गीत  सार्वजनिक, राज र रेखाको यस्तो रोमान्स बाहिरियो {हेर्नुहोस भिडियो सहित }

काठमाडौं, पुस २९ । नेपाली गीत संगीतलाई यति बेला धेरै व्यक्तिहरु मिलेर अगाडी बढाईरहेको पाईएको छ । त्यसमा पनि नेपाल बाहिर रहेर नेपाली गीत संगीतको विकास र प्रवर्धनको लागि काम गरिरहेको धेरै व्यक्तिहरु हुनुहुन्छ । त्यस मध्यका एक हुन् गायक राज गुरुङ । परदेशी गायकको सुचीमा उनको नाम पर्दछ । यसको अर्थ उनि निकै लामो समय देखि नेपाल बाहिर बसिरहेका छन् । तर नेपाल बाहिर रहे पनि कामको व्यस्तताका बावजुत पनि उनि भित्रको गीत संगीतको प्यास भने मेटिएको छैन । त्यसैले त उनले बेलामा बेलामा नया नया गीत दर्शक श्रोताहरुको लागि पेश गरिरहेका छन् । यहि शिलशिलामा उनको नया गीत यति बेला सार्वजनिक भईसकेको छ ।

सार्वजनिक भए संगै गीतले धेरै व्यक्तिहरुबाट राम्रो प्रतिक्रिया हात पार्न सफल भएको छ । उनको सार्वजनिक “फुल जस्तो” बोलको गीतमा मित्र वाम्बुले राईको शब्द , सर्बग्यामन र मिलन क्रोम्जे गुरुङको संगीत र स्वयम राज गुरुङकै स्वर समावेश रहेको छ । गीतलाई अरेन्ज गर्ने काम भने सामसुङ तामाङले गरेका छन् । रोमान्टिक भर्जनको यस गीतको भिडियो पनि उत्तिकै आकर्षक तयार भएको छ । रामेश्वोर कार्कीको छायांकन र विज्ञान राईको सम्पादन र निर्देशनमा तयार भएको गीतको भिडियोमा राज गुरुङ , रेखा फागो , सुरज गुरुङ र माया गुरुङको अभिनय रहेको छ । रोमान्टिक जनारामा गीत निर्माण भएको हुँदा भिडियोमा एक प्रेम जोडीको प्रेमलाई चित्रण गरिएको छ जुन अत्ति नै सुन्दर देखिएको छ । गायक भएता पनि यसपटक गायक राज गुरुङले आफ्नो भिडियोमा आफै अभिनय गरे र उनलाई नायिका रेखा फागोले साथ दिएकी छिन् ।

भिडियोमा दुवैले राम्रो अभिनय गरेको देखिन्छ । भिडियोको कन्सेप्ट पनि केहि नया र रोमान्चक रहेको भिडियोले प्रष्ट बताउछ । पोखराको सुन्दर दृश्यको बीच गीतको भिडियोको छायांकन गरिएको छ । गायक राज गुरुङको पछिल्लो समय अलिकति कोट्याउने हो भने उनि सन् २००७ देखि गीत संगीत क्षेत्रमा प्रवेश गरेका हुन् । उनले गीत संगीतलाई निकै राम्रो संग बुझेर र चिन्तन मनन गरेर अगाडी बढे । धेरै कुराको अनुभव बटुल्दै उनले २०१० मा “ईटर्नअलव” सार्वजनिक गरे । उनको उक्त एल्बममा “फुल सम्झे” र “आँखा मेरो” जस्तो गीतहरु समावेश रहेको थियो । उनको पहिलो एल्बमले उनको कदमलाई केहि हदले अगाडी बढायो । तर उनले आफुमा धेरै कुराको सुधार गर्नुपर्ने देखे र मेहेनत गर्दै अगाडी बढे । केहि समय लिएर अझ बढी अनुभव बटुले र अहिले आएर आफ्नो दोस्रो एल्बम “ईटर्नअलव २ ” अन्तर्गत पहिलो गीत सार्वजनिक गरे । पहिलेको तुलनामा उनको हरेक कुरामा यसपटक सुधार देखिएको छ ।

आफ्नो सांगीतिक यात्रामा बिराम कहिले पनि नलगाउने प्रतिबध्ता उनले जाहेर गरेका छन् । अबको केहि समयमा नै फेरी अर्को प्रस्तुति दर्शक माझ पेश गर्ने कुरा पनि उनले जानकारी दिए । उनले आफ्नो अहिलेको यो नया गीत हेरेर सुनेर प्रतिक्रिया दिनुहुन सम्पूर्ण दर्शक श्रोताहरुलाई आग्रह पनि गरेका छन् । यस्तै केहि कमजोरी भए सल्लहा सुझाब र अगाडी बढ्न हौसला समेत प्रदान गरिदिनुहुनको लागि पनि उनले सबैलाई अनुरोध गरेका छन् । हरेक कुरा देखि आफुले केहि कुरा सिक्दै गरेको र त्यहि अनुरुप आफ्नो प्रस्तुतिमा पनि निखारता लिएर आउने प्रयास गरिरहेको उनको भनाई छ । आगामी दिनहरुमा पनि यो भन्दा अझै राम्रो गीत दर्शक श्रोताहरु माझ लिएर आईनै रहने उनले बताए ।

हेर्नुस भिडियो :

5450
Shares

ट्रेन्डिङ