सबैको समाचार
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • विद्यालय तहबाटै शहीदको सम्मानबारे जानकारी गराउनु पर्छ : मन्त्री पोखरेल

विद्यालय तहबाटै शहीदको सम्मानबारे जानकारी गराउनु पर्छ : मन्त्री पोखरेल

3640
Shares
विद्यालय तहबाटै शहीदको सम्मानबारे जानकारी गराउनु पर्छ : मन्त्री पोखरेल

माघ १६, भक्तपुर । शहीद दिवसको अवसरमा निजी विद्यालयहरुको संस्था (फिज्म)ले भक्तपुरको बोडेमा सातौँ फिज्म अन्तर विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता आयोजना गरेको छ ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै एमालेका नेता, सांसद एवं पूर्व संस्कृति तथा पर्यटन मन्त्री आनन्दप्रसाद पोखरेलले विद्यालय तहबाटै विद्यार्थीलाई शहीदको सम्मान र योगदानबारे जानकारी गराउनु पर्ने बताउनुभयो ।

उहाँले विदार्थीले शहीदको योगदानका बारेमा जानकारी लिन सके आउँदा दिनमा देशका लागि कर्मठ व्यक्ति बन्न विद्यार्थीलाई प्रेरणा मिल्ने बताउनुभयो ।

कार्यक्रमका अवसरमा फिज्मका अध्यक्ष आर.बि. कटुवाल, व्यवस्थापक तथा फिज्मका सह–सचिव सुनिल केसीलगायतले विद्यार्थीलाई शहीदको सम्झना गराउँदै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको विभिन्न जातजातिको लोकसंस्कृतिबारे जानकारी गराउन प्रतियोगिता आयोजना गरेको बताउनुभयो ।

प्रतियोगितामा फिज्म सदस्य विद्यालय अन्तर्गत २२ वटा विद्यालयको सहभागिता रहेको छ ।

3640
Shares

ट्रेन्डिङ