सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • आत्महत्या न्युनिकरणका लागि स्वास्थ कार्यलय काभ्रेले गर्यो सरोकारवालासग छलफल

आत्महत्या न्युनिकरणका लागि स्वास्थ कार्यलय काभ्रेले गर्यो सरोकारवालासग छलफल

1205
Shares
आत्महत्या न्युनिकरणका लागि स्वास्थ कार्यलय काभ्रेले गर्यो सरोकारवालासग छलफल

काभ्रे – पछिल्लो समयमा काभ्रेमा आत्महत्याको संख्यामा बृद्धि भएसँगै यसको रोकथामका लागि सरोकारवाला निकायसँग छलफल गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले शुक्रबार एक कार्यक्रमको आयोजना गरी आत्महत्या न्यूनिकरणका लागि सरोकारवाला निकायसँग छलफल गरेको हो । तीन वर्षीय तथ्याङकको आधारमा काभ्रेमा आत्महत्याको स्थित बारेमा जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.पुरुषोत्तम राज सेढाईंले प्रस्तुतीकरण दिएका थिए ।

प्रस्तुत गरिएको तथ्याङकमा आर्थिक वर्ष २०७७- ७८ मा १ सय ३४ वटा आत्महत्याका घटनाहरु भएका छन् । त्यस्तै आर्थिक वर्ष २०७८-७९ मा १ सय १९ वटा आत्महत्याका घटनाहरु भएका छन् । यस्तै आ.व २०७९-८० मा ९० जना वटा आत्महत्याका घटनाहरु घटेको जिल्ला प्रहरी कार्यालय काभ्रेको तथ्याङकले देखाएको छ । कार्यालयको विवरण अनुसार, चालू आ.व २०८०-८१ को श्रावणदेखि यता २२ वटा आत्महत्याका घटनाहरु भएका छन् ।

त्रि–वर्षीय तथ्याङकको आधारमा प्रस्तुतीकरण दिदैँ धुलिखेल अस्पतालका इर्मजेन्सी विभागका प्रमुख डा.सानु कृष्ण श्रेष्ठले आत्महत्याका बिरामीको संख्यामा बृद्धि भएको बताए । त्यस्तै, आत्महत्या न्यूनिकरणका विषयमा अध्ययन तथा अनुसन्धान गरिरहेकी धुलिखेल अस्पतालकी रेनु श्रेष्ठले आत्महत्या न्यूनिकरणका लागि समुदाय स्तरमै मनोपरामर्शको आवश्यकता रहेको बताइन् ।

त्यस्तै बनेपा स्थित शिर मेमोरियल अस्पतालकी मेडिकल डिरेक्टर डा.ऐन्जिला बस्नेतले आत्महत्या गर्नेमा विष सेवन गरेर गनेएको संखया बढि भएको बताइने । उनका अनुसार, मानिसहरुले आफ्ना समस्याहरु कसैसँग व्यक्त गर्न नसक्दा मानसिक तानव र आवेगमा आएर आत्महत्या गर्ने गरेको अध्ययन तथा अनुसन्धानले देखाएको छ ।

आत्महत्या गरेको परिवारका अरु सदस्यहरुमा त्यसको नकारात्मक प्रभाव पर्न सक्ने धुलिखेल अस्पतालको फोरेन्सिक मेडिसिन विभागका प्रमुख डा.पंकज कुमार सिंहले बताए । उनका अनुसार, परिवारका सदस्य वा नजिकका आफन्तले गरेको आत्महत्या पछि अर्काे घटना हुने गरेको पाइएको छ ।

त्यस्तै, आत्महत्या तथा मानसिक समस्या भयावह हुँदै गएकाले त्यसको रोकथामका लागि समयमै मनोपरामर्श र मानसिक स्वास्थ्यको परीक्षण गर्न अति आवश्यक रहेको पाटन मानसिक अस्पतालका निर्देशक डा.अनन्त अधिकारीले बताए । कार्यक्रममा सुरक्षा निकायका प्रतिनिधिहरु, पालिकाका स्वास्थ्य शाखा प्रमुखहरु, संचारकर्मी तथा सरोकारवाला निकायका प्रतिनिधिहरु सहभागिता रहेको थियो ।

1205
Shares

ट्रेन्डिङ