सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • जन्ती बोकेको बस दुर्घटना, ३० जना घाइते

जन्ती बोकेको बस दुर्घटना, ३० जना घाइते

2865
Shares
जन्ती बोकेको बस दुर्घटना, ३० जना घाइते

काठमाडौं, वैशाख २९ : सिन्धुपाल्चोक चौतारा साँगा चोक गढी नगरपालिका–७ झ्याडीमा जन्ती लिएर हिँडेको बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । जलबिरे खमारेबाट जन्ती लिएर इन्द्रावती गाउँपालिका जाँदै गरेको हेलम्बु यातायातको बा २ ख ८४२२ नम्बरको गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ।

इन्द्रावती–१० पाटीगाउँतर्फ हिँडेको गाडी चौतारा साँगा चोक गढी नगरपालिका–७ झ्याडीमा ब्रेक फेल हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। घटनास्थलमा प्रहरी र एम्बुलेन्स पुगेर उद्धार गरिएको छ । घाइतेको चौतारा अस्पतालमा उपचार भइरहेकाे जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

2865
Shares

ट्रेन्डिङ