सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • गौतमबुद्ध क्रिकेट रंगशालाको बार भत्काउने मुख्य योजनाकार पक्राउ

गौतमबुद्ध क्रिकेट रंगशालाको बार भत्काउने मुख्य योजनाकार पक्राउ

4315
Shares
गौतमबुद्ध क्रिकेट रंगशालाको बार भत्काउने मुख्य योजनाकार पक्राउ

चितवन, जेठ १६; जिल्ला प्रहरी कार्यालय चितवनले क्रिकेट रङ्गशाला निर्माणस्थलमा लगाइएको अस्थायी बार भत्काउने मुख्य योजनाकारलाई प्रहरीले पक्राउ गरेको छ । निर्माणाधीन अवस्थामा रहेको रङ्गशालाको अस्थायी बार भत्काउने योजनाकार भन्दै प्रहरीले स्थानीयवासी प्रकाश कँडेललाई पक्राउ गरेको हो ।

कँडेललाई बुधबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए । रेग्मीका अनुसार कँडेलको नेतृत्वमा आएको टोलीले बुधबार भरतपुर महानगरपालिका–१५ मा निर्माण हुँदै गरेको रङ्गशालाको अस्थायी बार भत्काएका थियो । सोही आरोपमा प्रहरीले बुधबार १६ जना र डोजरसमेत नियन्त्रणमा लिएको थियो । रङ्गशालाको पश्चिमतर्फ घर जग्गा भएका स्थानीयवासीले बार भत्काएका थिए ।

हाल सो ठाउँमा सात मिटर फराकिलो बाटो छ । बाटो विस्तारका लागि थप जग्गा क्रिकेट रङ्गशालाका तर्फबाट छोड्नुपर्ने माग गर्दै आएका छन् । प्रहरीका अनुसार बाटो विस्तारका विषयमा विवाद गर्दै आएका उनीहरुले डोजर लगाएर बार भत्काएका हुन् ।

निर्माणको काम भइरहेको समयमा स्थानीयवासीले अस्थायी बार भत्काएपछि निर्माणको वातावरण नबनेको भन्दै धुर्मुस–सुन्तली फाउण्डेशनले निर्माणको कामलाई रोकेको छ lफाउण्डेशनले एक विज्ञप्ति जारी गर्दै स्थानीय नेताको नेतृत्वमा आएको समूहले अस्थायी संरचनामा डोजर लगाएर भत्काइदिएपछि समस्या समाधान नभएसम्म काम गर्न नसकिने जनाएको हो । फाउण्डेशन अध्यक्ष सीताराम कट्टेल ‘धुर्मस’ले विज्ञप्ति जारी गरेर काम गर्न नसक्ने जानकारी दिएका छन् ।

 

-राससबाट

4315
Shares

ट्रेन्डिङ