सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • रंगशालाको विवाद मिल्यो, स्थानीयबासीले गरे आत्मालोचना

रंगशालाको विवाद मिल्यो, स्थानीयबासीले गरे आत्मालोचना

3460
Shares
रंगशालाको विवाद मिल्यो, स्थानीयबासीले गरे आत्मालोचना

१८ जेठ, चितवन ; गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण गरिरहेको धर्मुस सुन्तली फाउन्डेशन र स्थानीयबीच सहमति भएको छ । सहमति लगतै भरतपुर महानगरको पहलमा स्थानीयबासीले भत्काएको बार उठाउन थालेका छन् ।फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले पनि सहमतिमा कार्यान्वयनसँगै काम सुरु गर्ने बताए जेठ १५ गते विहानै रंगशाला निर्माण स्थलमा लगाएको बार स्थानीयबासीले डोजर लगाएर भत्काएका थिए । घटनामा संलग्न रहेको आरोपमा १७ जना पक्राउ परेका छन् भने फाउन्डेशनले सुरक्षा नभएको भन्दै काम रोकेको थियो ।

रंगशालाको पश्चिम क्षेत्रमा बाटोलाई लिएर विवाद भएको थियो । हाल त्यहाँ ७ मिटरको बाटो छ । रंगशाला निर्माण भएपछि ३१ मिटरको बाटो बन्दा आफ्नो उठिबास हुने भन्दै स्थानीयबासीले अहिले नै जग्गा छुट्याउन माग गरेका थिए । तर, फाउन्डेशनले यसबारे आफूले निर्णय गर्न नसक्ने भन्दै डीपीआर आएपछि छलफल गर्ने आश्वासन दिए । त्यही विवादमा स्थानीयबासीको समूहले जोडर लगाएका थिए ।

त्यसपछि फाउन्डेशन र स्थानीयबीच आरोप प्रत्यरोप सुुरु भयो ।तर, शुक्रबार राति अवेर भरतपुर १६ र १७ का टोलसुधार समितिका प्रतिनिधि र धर्मुस सुन्तली फाउन्डेशनबीच सहमति भएको छ ।फाउन्डेशन का अध्यक्ष सिताराम कट्टेलकै उपस्थितिमा भएको भएको बैठकमा स्थानीय अगुवाहरुले घटनाप्रति दुःख व्यक्त गर्दै आत्मालोचना गरेका छन् । साथै भत्काएको बार स्थानीय टोल सुधार समिति र स्थानीयको पहलमा पुर्ननिर्माण गरी काम अगाडि बढाउने बताएका छन् ।

रंगशाला निर्माणमा अवरोध नगर्ने भन्दै उनीहरुले तत्काल काम अघि बढाउन आग्रह गरेका छन् ।निर्णयमा शान्तिदीप टोल विकास संस्थाका मिनबहादुर लामा, पालुवा टोल विकास संस्थाका मिनबहादुर बस्नेत, रामपुर टोलविकास संस्थाकी रिता बास्ताकोटी, प्रकृति टोलविकास संस्थाका रामचन्द्र बास्ताकोटी र राधाकृष्ण टोल विकास संस्थाका शुशील लामाले हस्ताक्षर गरेका छन् ।फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेलले पनि आफ्नो उपस्थितिमा स्थानीयबासीको निर्णय भएको स्वीकार गरे । ‘सहमतिपछि स्थानीयले नै ढलेको बार उठाउन थालेका छन् । सहमति व्यवहारमा कार्यान्वयन भएपछि हामीले काम सुरु गर्छौ भनेका छौं’ उनले भने ।रंगशालामा देखिएको विवादका कारण सहयोगी मनहरुमा चोट परेको भन्दै उनले सबैसँग माफी मागेका छन् ।

ढलेको बार उठाइयो

फाउन्डेशन र स्थानीय टोल सुधार समितिको सहमतिसँगै भरतपुर महानगरको अगुवाईमा जनप्रतिनिधि, स्थानीयबासी लगायतले भत्किएको बार उठाएका छन् । घटनाले चितनवासीलाई दुःखी बनाएको भन्दै सहभागीहरुले आगामी दिनमा यस्ता गतिविधीहरु नहुने गरी काम अघि बढाउन अपिल गरे ।मेयर रेनु दाहालले रंगशालाको डीपीआर आएपछि बाटोका विषयमा स्थानीयसँग बसेर मिलाउने बताइन् । यसबारे छलफल भइरहेको बेलामा डोजर लगाइएको भन्दै उनले संलग्नहरुमाथि कानुनअनुसार कारर्वाही गरिने बताइन् ।

सांसद कृष्णभक्त पोखरेल, नेकपा चितवनका अध्यक्ष यमवहादुर परियार र कांग्रेस चितवनका सचिव राजीव न्यौपाने लगायतले रंगशाला निर्माणमा सहयोग रहने बताए ।कार्यक्रममा सिताराम कट्टेल धुर्मुसले रंगशालाका बिषयमा आफूले कुनै गलत र बनावटी कुरा नगरेको बताए । उनले भने, ‘रंगशालामा भएको घटनाका बिषयमा मैले कुनै बनावटी र गलत कुरा बोलेको छैन, यदि कसैले प्रमाणित गर्छ भने म नजिकै रहेको रुखमा झुण्डिएर मर्न तयार छु ।’

विदेशमा पसिना बगाएका नेपालीहरुले गाँस कटाएर दिएको रकमले लगाएको जस्तामा डोजर लगाउँदा भक्कानो छुटेको उनले बताए । ‘यो पीडा र दुःख कि त मैले महसुस गरेको छु कि त विदेशमा पसिना बगाउनेहरुले गरेका छन्’ उनले भने, ‘आखिर उनीहरुले रंगशाला बनाउन किन पैसा दिए । यहिको विकासका लागि होयन र ? खै त यहाँका स्थानीयले कुरा बुझेको ? मसँग कुनै स्वार्थ छैन, न म भ्रष्टचार गर्न आएको हुँ, न कमिसन खान ।’

रंगशाला निर्माणपछि सबैभन्दा बढी लाभान्वित यहीका जनता हुने भन्दै उनले सहयोगका लागि अपील गरे । धुर्मुसले बाटोको मुद्धा फाउन्डेशनले भन्दा भरतपुर महानगरपालिकाले पहल गरेर मिलाउनुपर्नेमा जोड दिएका छन् ।

-अनलाइनखबरबाट

3460
Shares

ट्रेन्डिङ