सबैको समाचार
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • ‘क्षमताभन्दा बढी यात्रु बोक्दा साँखु बस दुर्घटना’ तीन जनाको मृत्यु र ६५ जना घाइते

‘क्षमताभन्दा बढी यात्रु बोक्दा साँखु बस दुर्घटना’ तीन जनाको मृत्यु र ६५ जना घाइते

4255
Shares
‘क्षमताभन्दा बढी यात्रु बोक्दा साँखु बस दुर्घटना’ तीन जनाको मृत्यु र ६५ जना घाइते

काठमाडौं, कात्तिक १५ । साँखुमा बिहीबार भएको बस दुर्घटनाको कारण क्षमताभन्दा बढी यात्रु बोक्नु भएको प्रहरीले जनाएको छ । तीन जनाको मृत्यु र ६५ जना घाइते हुनेगरी भएको दुर्घटनाको कारण ओभरलोड भएको निष्कर्ष प्रहरीले निकालेको हो ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले अनलाइनखबरसँग भने, ‘बसमा जम्मा २५ जना जति अटाउने क्षमता रहेछ । तर, ७० जना बढी राखेको भेटियो ।’

त्यसैले बस अनियन्त्रित भएको देखिएको उनले बताए । उनका अनुसार आमा ह्यल्मो यातायातको बा ५ ख ५०७० नम्बरको बस दुर्घटनामा भएकामध्ये ३० जना उपचारपछि घर फर्किएका छन् भने अझै ३५ जनाको उपचार जारी छ ।

घटनामा मृत्यु हुनेको भने सनाखत भइसकेको छैन ।

– अनलाइनखबर

4255
Shares

ट्रेन्डिङ