सबैको समाचार
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • काभ्रेमा जुवा खेलिरहेका २२ जना पक्राउ, साढे ६ लाख रुपैयाँ बरामद

काभ्रेमा जुवा खेलिरहेका २२ जना पक्राउ, साढे ६ लाख रुपैयाँ बरामद

3905
Shares
काभ्रेमा जुवा खेलिरहेका २२ जना पक्राउ, साढे ६ लाख रुपैयाँ बरामद

काभ्रेपलाञ्चोक / काभ्रेको बतासे डाँडामा जुवा खेलिरहेका २२ जना पक्राउ परेका छन् । धुलिखेल नगरपालिकाको बतासे डाँडाबाट आइतबार राति उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

उनीहरुको साथबाट साढे ६ लाख रुपैयाँ पनि बरामद भएको प्रहरी स्रोतले जानकारी दिएको छ । पक्राउ परेकाको नाम र थप जानकारी केहीबेरमा सार्वजनिक गरिने पनि प्रहरीले जनाएको छ ।

3905
Shares

ट्रेन्डिङ