सबैको समाचार
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • नेकपाका नेता १३ बर्षिय बालिका बलात्कार अभियोगमा पक्राउ

नेकपाका नेता १३ बर्षिय बालिका बलात्कार अभियोगमा पक्राउ

6930
Shares
नेकपाका नेता १३ बर्षिय बालिका बलात्कार अभियोगमा पक्राउ

रामेछाप ,मंसिर , २० ,    १३ बर्षिय बालिका बलात्कार गर्ने एक युवकलाई जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेको छ । उमाकुण्ड गाउँपालिका–३ कुभुकास्थलीमा १३ वर्षीया बालिकामाथि बलात्कार गर्ने संगीत सुनुवार पक्राउ परेका हुन् । सुनुवार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थानीय नेता समेत हुन् ।

पीडितका परिवारले दिएको किटानी जाहेरेको आधारमा ४० वर्षीय सुनुवारलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख सन्तोष भट्टराईले जानकारी दिनुभयो । कक्षा ७ मा अध्ययनरत ती बालिकामाथि सुनुवारले मंसिर २ गते बलात्कार गरेको पीडित परिवारले बताएका छन् ।

बलात्कारपछि डराइडराई घर पुगेकी ती बालिकाले बाध्य भएर आमालाई सबै कुरा सुनाएकी थिइन् । पटक–पटक बोलाउँदै सुनारले ती बालिकालाई बलात्कार गरेको प्रहरीको प्रारम्कि अनुसन्धानबाट खुल्न आएको छ ।घटनाको विषयमा छोरीले सबै कुरा सुनाएपछि बालिकाकी आमाले प्रहरी चौकी बाम्तीमा उजुरी दिइन् । घटनाबारे उजुरी परेपछि सुनारलाई खोज्न प्रहरी परि’चा’लन भयो । अन्ततः सोमबार साँझ प्रहरीले सुनुवारलाई उनकै घरबाट पक्राउ गरेको हो । पक्राउ परेका सुनुवारले आफूले गल्ती गरेको स्वीकार गरेका छन् ।

प्रहरीले बलात्कारको किटानी जाहेरीका आधारमा सुनुवारलाई पक्राउ गरी अनुसन्धानको लागि हिरासतमा राख्न रामेछाप जिल्ला अदालतबाट सात दिनको म्याद दिएको छ । प्रहरीका अनुसार बालिका बलात्कार गर्ने सुनवारलाई दस देखि १५ बर्ष जेल सजाई हुनेछ ।

पीडित बालिका र बलात्कारमा संलग्न सुनुवारको स्वास्थ्य परीक्षण गर्ने काम सम्पन्न भएको छ । स्वास्थ्य परीक्षणबाट सुनुवारले बालिकामाथि बलात्कार गरेको रिपोर्टले देखाएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ ।

6930
Shares

ट्रेन्डिङ