सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • काभ्रेको सापिङमा खानेपानी आयोजनाको काम सुरु

काभ्रेको सापिङमा खानेपानी आयोजनाको काम सुरु

5910
Shares
काभ्रेको सापिङमा खानेपानी आयोजनाको काम सुरु

काभ्रे: काभ्रेको भुम्लु गाउँपालिका वडा नम्वर १ सापिङ्गमा घट्टेखोला–उर्लेनी–भिमसेनथान खानेपानी आयोजनाको काम सुरु भएको छ । वागमति प्रदेश सभा सदस्य सांसद लक्षमण लम्सालको विशेष पहलमा खानेपानी आयोजनाको काम सुरु भएको हो ।

घट्टेखोलाबाट लिफ्ट गरेर पानी ल्याइने यो आयोजनाका लागि २ करोड रुपैयाँ विनियोजन भएको वडाध्यक्ष खिर बहादुर श्रेष्ठले जानकारी दिनुभयो । घट्टेखोला सहित आयोजना अन्तर्गत चारवटा ट्याङ्की निर्माण हुनेछ ।

भिमसेनथान, साङखोला र जीसी टोलमा ट्याङ्की निर्माण गरिनेछ । यी गाउँका स्थानीय अहिले खानेपानीको चरम समस्या झेल्दै आइरहेका छन् । आधाघण्टा देखि साढे एक घण्टासम्म पानीको खोजी गर्दै हिड्नुपर्ने अवस्था रहेको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

गाउँ आसपास रहेका पानीको रैथाने मुल सुकेपछि स्थानीयहरु समस्या झेल्न बाध्य भएका हुन् । यो आयोजना निर्माण भएपछि १ सय ६५ घरधुरी लाभान्वित हुनेछन् । आयोजना निर्माण पुरा भएपछि एक घर, एक धारा कार्यक्रम अन्तर्गत सबै स्थानीयको घर–घरमा खानेपानी पुर्याइने बताइएको छ ।

5910
Shares

ट्रेन्डिङ