सबैको समाचार
शुक्रबार, बैशाख २८, २०८१
  • होमपेज
  • देउवा निवासमा भारतीय राजदूत यस्तो लन्च !

देउवा निवासमा भारतीय राजदूत यस्तो लन्च !

3585
Shares
देउवा निवासमा भारतीय राजदूत यस्तो लन्च !

काठमाडौं, पुस , ८ ,   नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीलाई प्रमुख प्रतिपक्षी दलका नेता एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिदाई ‘लन्च’ दिएका छन् ।

राजदूत पुरीलाई सभापति शेरबहादुर देउवाले आफ्नै निवास बुढानिलकण्ठ बोलाएर ‘लन्च’ गराएका हुन् । लन्च मिटिङमा देउवाका साथै बरिष्ठ नेता रामचन्द्र पौडेल र पदाधिकारीहरु पनि सहभागि थिए ।

सहमहामन्त्री प्रकाशशरण महतले राजदूत पुरीसँग राजनीतिक कुराकानी नभएको र सभापतिज्यूकहाँ ‘लन्च’ खाने कार्यक्रम मात्र रहेको बताए ।
सन् २०१७ मार्चमा नेपाल आएका पुरी तीन वर्षपछि कार्यकाल सकाएर स्वदेश फर्कन लागेका हुन् ।

 

 

 

-ईमेज खबर बाट

3585
Shares

ट्रेन्डिङ