सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • निजी विद्यालयले चैतको शुल्क लिन नपाउने, पुँजी अभाव भए सरकारले सघाउने

निजी विद्यालयले चैतको शुल्क लिन नपाउने, पुँजी अभाव भए सरकारले सघाउने

5555
Shares
निजी विद्यालयले चैतको शुल्क लिन नपाउने, पुँजी अभाव भए सरकारले सघाउने

वैशाख, १८, काठमाडौं । सरकारले चैत महिनाभर निजी विद्यालयले शुल्क लिन नपाउने यसअघिको निर्णयलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्णय गरेको छ । १४ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले यसअघिको छुटको निर्णयलाई प्रभावकारी कार्यान्वयन गराउने निर्णय गरेको हो ।

१६ चैतमा सरकारले चैत महिनाभर निजी विद्यालयले शुल्क लिन नपाउने गरी निर्णय गरेको थियो । तर, निजी विद्यालय सञ्चालकहले विभिन्न शर्त राख्दै कार्यान्वयन गर्न नसकिने बताएका थिए ।

एक महिनाको शुल्कमध्ये आवास शुल्कबाहेक अन्य सबै प्रकारको शुल्क निजी विद्यालयले दिनुपर्ने भएको छ । निजी विद्यालयमा माध्यामिक स्तरसम्मको शुल्कलाई मिहाना गर्न सरकारले निर्णय गरेको थियो ।

निजी विद्यालय सञ्चालनका लागि चालु पुँजीको अभाव हुने भएमा भने बैङ्क तथा वित्तीय संस्थामार्फत कर्जा सहजीकरण गर्ने व्यवस्था मिलाउने निर्णय समेत सरकारले गरेको छ । सरकारले दोस्रो आर्थिक प्याकेजमा यस्तो निर्णण ल्याएको हो।

-अनलाइनखबर

5555
Shares

ट्रेन्डिङ