सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरद्वारा सरसफाई कर्मीलाई प्रोत्साहन स्वरुप सम्मान ।

ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरद्वारा सरसफाई कर्मीलाई प्रोत्साहन स्वरुप सम्मान ।

6715
Shares
ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरद्वारा सरसफाई कर्मीलाई प्रोत्साहन स्वरुप सम्मान ।

बैशाख २०,  बिरगंज,  सुनिल श्रेष्ठ । ग्रिनसिटि सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरले बिरगंज महानगर पालिकाका सरसफाइ कर्मीहरुलाई प्रोत्साहनका लागी सम्मान गरेको छ ।

कोभिड -१९ कोरोना भाईरसको कारण बिश्वको जनजीवन त्रासमय भैइ रहेको अवस्थामा नेपालमा पनि यसबाट बच्नको लागी सरकारले चैत्र ११ गते देखि लकडाउन गर्दै आईरहेको र सम्पुर्ण उद्योग , कलकारखाना , यातायात , व्यवसाय , कृषि , पर्यटन व्यवसाय र शैक्षिक क्षेत्र समेत बन्द रहेको छ ।

बिरगंजमा पनि कोरोना भाईरसको संक्रमितहरु देखा परेको अवस्थामा महामारीको जोखिम तथा संक्रमण दिनानुदिन बढदै गैइरहेको बेला पनि बिरगंजमा सरसफाईको काम भने रुकेको छैन हरेक दिन आफ्नो ज्यानको बाजी राखेर बिरगंज महानगर पालिकाका सरसफाइ कर्मिहरु दिन रात लागी रहेकोले त्यस्ता सरसफाई कर्मीहरुको मनोबल र हौसला बढाउन प्रोत्साहनका लागी ग्रिनसिटि सामुदायिक सेवा केन्द्र , आदर्शनगरले शनिबार उनिहरुलाई खादा ओढाएर फुलको गुच्चा दिएर सम्मान गरेको ग्रिनसिटि सामुदायिक सेवा केन्द्र , आदर्शनगरका अध्यक्ष प्रकाश खेतानले जानकारी गराउनु भएको थियो ।

सो सम्मान कार्यक्रममा प्रहरी चौकी आदर्शनगरका प्रमुख प्रहरी नायब निरीक्षक सुर्य नारायण चौधरी तथा बिरगंज महानगर पालिकाका सरसफाइ शाखा प्रमुख सर्फुदिन मियाको प्रमुख आतिथ्यमा र ग्रिनसिटि सामुदायिक सेवा केन्द्रका अध्यक्ष प्रकाश खेतानको अध्यक्षतामा भएको थियो ।ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरका पदाधिकारीहरु मुकेश खेतान , बिकाश रुङ्ग्टा , कैलास बजाज , गिल्पेक चन्द्र दारुका, चन्द्र अग्रवाल , रेडियो बिरगंजका कार्यकारि निर्देशक धुर्व साह , सन्चारकर्मी आरके पटेल , धिरज दारुका , शिव गुप्ता , छोटेलाल प्रसाद कुस्वाह लगायतकाको सहभागिता रहेको थियो ।

6715
Shares

ट्रेन्डिङ