सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • हल्लाको पछि लाग्दा बास्तबिकता ओझेलमा परेका स्पोष्टती

हल्लाको पछि लाग्दा बास्तबिकता ओझेलमा परेका स्पोष्टती

6435
Shares
हल्लाको पछि लाग्दा बास्तबिकता ओझेलमा परेका स्पोष्टती

सुनिल श्रेष्ठ

बीरगंज, ५ असार : पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिकालाई एकपछि अर्को गरि सृंखलाबद्ध रुपमा हुन लागेको भ्रमको खेती यथार्थ भन्दा अलग रहेको कुरा उपाध्याक्ष किरण देबि गुप्ताले बताउनुभएको छ । उहाँका अनुसार परिषदले नै बिकास निर्माण तथा जनताको समस्याको समाधान गर्नको लागि आवत जावत गर्नको लागि उपलब्ध गराएको गाडिको बारेमा समेत अनेक खालको भ्रम सृजना गर्ने गरेको दुखोसो समेत गर्नुहुँदै ट्रुल एवं ट्राभल एजेन्सीले प्रकृया पुरा गरेर उपलब्ध गराएको गाडी आफुले चढेको र त्यसको भाडा समेत एजेन्सीले नै बुझ्ने गरेको सत्यलाई ओझेलमा पार्नको लागि अनेका खालको भ्रम सृजना गरि बदनाम गर्न केही तत्व लागिपरेको गुनासो समेत उहाँले गर्नुहुँदै पुरै विश्व कोरोना भाइरसका कारण आक्रान्त बनेको र लक डाउनको अवस्थामा रहेको बेला समेत पालिकाले आवश्यक सूचना उपलब्ध गराएन भनेर भन्नु आफूैंमा न्यायोचित नहुने बताउनुहुँदै । अव कार्यलय खुल्न थालेको र आवश्य सूचना जस्ले मागे पनि प्रकृया पुरा गरेर आएमा कसैले पनि रोक्न नसक्ने समेत बताउनुभयो ।

उहाँले बिकास निर्माणमा समेत अनावश्यक भ्रम सृजना गरेको हुनाले सबै कुराको आरोप लगायउनु भन्दा पहिला सत्यको खोजी गर्नुपर्ने बताउनुहुँदै कहां कहां के के बिकास निर्माणका योजना शुरु छन र त्यसको प्रकृया पुगेको छ कि छैन भनेर समेत बुझिदिएको भए सबै प्रकारको भ्रम अन्त्य हुन्थ्यो तर त्यस नगर्दा आरोप लगाउनेहरुको प्रतिष्ठामा समते प्रश्नचिन्ह खडा हुने बताउनुभयो । उहाँले धर्मशाला निर्माणमा समेत अतिरन्जीत कुरा गरेर गाउँका बासिन्दालाई भ्रमित बनाउन खोज्नु, रोक्का रहेको धर्मशाला निर्माणलाई शुरु गर्नको लागि सबै पक्षसंग सहमतिको प्रयास गर्ने मकार्यकारी प्रमुख र अन्य जनप्रतिनिधीलाई समेत अनेक खालको खारोप लगाउन खोज्नु न्यायोचित नहुने समेत बताउनुभयो ।

6435
Shares

ट्रेन्डिङ