सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • लैङ्गिक मैत्री उपमहानगर बनाउन अभिमुखीकरण

लैङ्गिक मैत्री उपमहानगर बनाउन अभिमुखीकरण

5640
Shares
लैङ्गिक मैत्री उपमहानगर बनाउन अभिमुखीकरण

कैलाली, माघ २३ः धनगढीलाई लैङ्गिक मैत्री उपमहानगरपालिका बनाउने उद्देश्यले जनप्रतिनिधि र सरोकारवालाका लागि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

उपमहानगरपालिकाद्वारा बिहीबार आयोजित अभिमुखीकरण कार्यक्रममा उपप्रमुख सुशीला मिश्र भट्टले कार्यक्षेत्रमा हुने लैङ्गिक विभेद् न्यूनीकरणका लागि अभिमुखीकरण कार्यक्रम गरिएको बताउँदै लिङ्गकै आधारमा घर र समाजमा मात्रै नभएर कार्यक्षेत्रमा पनि विभेद् हुने भएकाले यसको न्यूनीकरणका लागि सबै पक्षको सामूहिक प्रयासको खाँचो रहेको आवश्यकता औल्याइन् ।

उपमहानगरपालिकाले महिला सेवाग्राहीका लागि स्तनपान कक्ष र अपाङ्गता सेवा कक्ष निर्माण गरिएको जनाएको छ । रासस

5640
Shares

ट्रेन्डिङ