सबैको समाचार
बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • अलपत्र परेका काभ्रेका ४ सहित ६ बालकको सिन्धुलीबाट उद्धार

अलपत्र परेका काभ्रेका ४ सहित ६ बालकको सिन्धुलीबाट उद्धार

3115
Shares
अलपत्र परेका काभ्रेका ४ सहित ६ बालकको सिन्धुलीबाट उद्धार

 

अलपत्र परेका काभ्रेका ४ सहित ६ जना बालकको उद्धार गरिएको छ । सिन्धुलीको कमलमाई नगरपालिका २ पिपलभन्ज्याङ बाट उनीहरुको उद्धार गरिएको हो ।

प्रहरी चौकि अमलेबाट मंसिर १८ गते राति साढेँ ९ बजे राति चौतरामा बेवारीसे अबस्थामा सुतिरहेको अबस्थामा बालकको उद्धार गरीएको हो । अलपत्र परेका ६ जना बालकलाई जिल्ला प्रहरी कार्यलय सिन्धुलीमा ल्याएर राखिएको थियो ।

अलपत्र परेका वालकहरु काभ्रे जिल्ला भकुण्डे बस्ने सन्तोष थापाका छोरा १३ वर्षका बिकाश थापा ९ बर्ष का विजय थापा,सोहि ठाउँका कोशिपारी बस्ने हरी गिरीका छोरा १३ बर्षका रोशन गिरी,सोहि ठाउँका कोशिपारी बस्ने नबराज ढकालका छोरा १३ बर्षका बिशाल ढकाल रहेका छन् ।

त्यस्तै दोलखा जिल्ला झुले बस्ने दिपक ओझाका छोरा १४ बर्षका नकुल ओझा र पाँचथर जिल्ला फिदिम बस्ने राजेन्द्र लिम्बुका छोरा १४ बर्षका लावाहाङ लिम्बु रहेको जिल्ला प्र ह री कार्यालय सिन्धुलीका प्रहरी प्रबक्ता मनोज लामाले जानकारी दिनुभयो ।

हिजो आइतबार सो बालकका अभिभाबकलाई जिम्मा लगाइएको जिल्ला प्र ह री कार्यलय सिन्धुलीका प्र ह री प्र बक्ता लामाले जानकारी दिनभयो ।

3115
Shares

ट्रेन्डिङ