सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • कर्णालीमा हामफालेर हराएका लोकेन्द्र शाहीको शव भेटियो

कर्णालीमा हामफालेर हराएका लोकेन्द्र शाहीको शव भेटियो

245
Shares
कर्णालीमा हामफालेर हराएका लोकेन्द्र शाहीको शव भेटियो

कैलाली | कर्णाली चिसापानी पुलबाट हाम फाल्दा बेपत्ता भएका ३२ वर्षीय लोकेन्द्र शाहीको शव फेला परेको छ ।

गत चैत्र १२ गते बेपत्ता भएका शाहीको शव बिहीबार सन्कट्टी घाटमा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

होली पर्वको दिनमा साथीहरूसङ कर्णाली पुल माथिबाट हाम फाल्दा शरीर अनियन्त्रित भई उनी पानीमा डुबेका थिए ।

उनको शव खोजतलासका लागि नेपाल प्रहरी ,सशस्त्र प्रहरी सेना, र स्थानीय लागेका थिए ।

उनको शव तीन दिनपछि टिकापुर स्थित सनकट्टी घाट नजिकै फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्र कार्कीले जानकारी दिए ।

पुलबाट १७ जना हाम फालेका थिए । ती मध्ये १६ जना त्यही बेला निस्किए पनि शाही भने बेपत्ता भएका थिए ।

245
Shares

ट्रेन्डिङ