सबैको समाचार
बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • सामुदायिक सारथीको ‘स्थानीय तहमा सूचनाको हक कार्यान्वयन सम्बन्धि कार्यक्रम’ धुलिखेलमा सम्पन्न

सामुदायिक सारथीको ‘स्थानीय तहमा सूचनाको हक कार्यान्वयन सम्बन्धि कार्यक्रम’ धुलिखेलमा सम्पन्न

3510
Shares
सामुदायिक सारथीको ‘स्थानीय तहमा सूचनाको हक कार्यान्वयन सम्बन्धि कार्यक्रम’ धुलिखेलमा सम्पन्न

 

काभ्रे : सामुदायिक सारथीले आज काभ्रेको सदरमुकाम धुलिखेलमा ‘स्थानीय तहमा सूचनाको हक कार्यान्वयनको अवस्थाः चुनौती र अवसर बिषयक अन्तरक्रिया कार्यक्रम’ सम्पन्न गरेको छ ।

राष्ट्रिय सूचना आयोग र द एसिया फाउण्डेसनको सहयोगमा भएको कार्यक्रमको अध्यक्षता सामुदायिक सारथीका अध्यक्ष कृष्णप्यारी नकर्मीले गर्नुभएको थियो । कार्यक्रमको प्रमुख अतिथीमा राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङ हुन्थ्यो ।

कार्यक्रममा राष्ट्रिय सूचना आयोगका सचिब भगिरथ पाण्डे, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, भुम्लु गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुँवर, बेथानचोक गाउँपालिकाका प्रमुख प्रेम बहादुर तिमल्सिना, पाँचखाल नगरपालिकाका उपप्रमुख लक्ष्मी दनुवार सहभागि हुनुहुन्थयो ।

त्यस्तै पनौती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद वाग्ले, बनेपा नगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत कविराज उप्रेती, मण्डनदेउपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी, चौरीदेउराली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महानदास लामा, रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पर्शुराम थापा, बेथानचोक गाउँपालिकाका प्रमुख प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र सापकोटा, धुलिखेल नगरपालिकाका सुचना अधिकारी बलराम धिमाल, नमोबुद्ध नगरपालिकाका सुचना अधिकारी बिनोद रसाईली, गैरसरसकारी संस्था महासंघ काभ्रेका कोषाध्यक्ष गंगा लामा, सञ्चारकर्मी लगायत भएका थिए ।

कार्यक्रममा फ्रिडम फोरमका अध्यक्ष तारानाथ दाहालले स्थानीय तहमा सूचनाको हक कार्यान्वयनको अवस्थाः चुनौती र अवसरका बारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

त्यस्तै सुचननाको हकको प्रयोग र कानुनका बारे राष्ट्रिय सूचना आयोगका सचिब भगिरथ पाण्डे र काभ्रे जिल्लाका १३ वटै स्थानीय तहले प्रवाह गर्ने सूचना र स्थानीय नागरिकको अवस्थाका बारे गरिएको अध्ययनको निछोड सामुदायिक सारथीका कार्यकारी निर्देशक तारा बहादुर भण्डारीले प्रस्तुत गर्नुभएको थियो ।

 

3510
Shares

ट्रेन्डिङ