सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • नक्कली नोटसहित दुईजना पक्राउ

नक्कली नोटसहित दुईजना पक्राउ

910
Shares
नक्कली नोटसहित दुईजना पक्राउ

सर्लाही | मलंगवा नगरपालिका-३ नगरपालिका चोकबाट १ हजार रूपैयाँ दरको २ वटा नक्कली नोटसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका-९ बस्ने नसारु खान र उनकै श्रीमती ३२ वर्षीया नसारा खातुन रहेका छन् ।

उनीहरूले नक्कली नोट लिएर अण्डा किन्ने क्रममा बाद-बिवाद भईरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नोटसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।

910
Shares

ट्रेन्डिङ