सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • एक्काइस प्रतिशत गर्भवती उन्नाइस वर्षमुनिका  बालिका

एक्काइस प्रतिशत गर्भवती उन्नाइस वर्षमुनिका  बालिका

530
Shares
एक्काइस प्रतिशत गर्भवती उन्नाइस वर्षमुनिका  बालिका

कर्णाली । कर्णाली प्रदेशमा गर्भवती भएकाहरूमध्ये  २१ प्रतिशत बालिका १९ वर्षमुनिका रहेको पुष्टि भएको छ ।

 २०२२ भएको नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षणले कर्णालीमा १९ वर्षमुनिका बालिका २१ प्रतिशत गर्भवती हुने गरेको देखाएको हो ।

तंथ्याकअनुसार सबैभन्दा बढी ३८.८३ प्रतिशत जाजरकोटमा रहेका छन् भने सबैभन्दा कम कालिकोटमा २०.२० प्रतिशत १९ वर्षमुनिका बालिका गर्भवती हुने गरेका छन् ।   यसको मुख्य कारण बाल विबाह रहेको छ ।

प्रदेश, स्थानीय सरकारले ठोस कार्यक्रम नल्याउँदा बाल विवाहको अवस्था झन् भयानक रूप लिइरहेको छ । बाल विवाहविरुद्ध साझा अभियान सञ्जालले आयोजना गरेको कार्यक्रममा कर्णालीमा बाल विवाहको अवस्था दयनीय रहेको छ । 

बाल विवाहपछि बाल विवाहले मातृ मृत्यु र शिशु मृत्युदर बढाउने, पारिवारिक द्वन्द्व, सम्बन्ध विच्छेद, बहुविवाहदेखि आत्महत्यासम्मका घटना देखिन थालेका छन् । कर्णाली प्रदेशमा बैङ्क खाता छोरीको सुरक्षा जीवनभरिको भन्ने कार्यक्रम ल्याए पनि दुई वर्षदेखि बजेट नहुँदा कार्यक्रम हुन सकिरहेको छैन । 

530
Shares

ट्रेन्डिङ