सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • फोनिज बागमती प्रदेशको अधिवेशन सकियो, अध्यक्षमा श्रेष्ठ र सचिबमा काभ्रेका दोङ

फोनिज बागमती प्रदेशको अधिवेशन सकियो, अध्यक्षमा श्रेष्ठ र सचिबमा काभ्रेका दोङ

3075
Shares
फोनिज बागमती प्रदेशको अधिवेशन सकियो, अध्यक्षमा श्रेष्ठ र सचिबमा काभ्रेका दोङ

 

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेशको अधिवेशन निर्विरोध नेतृत्व चयन गर्दै सकिएको छ । अधिवेशनले युवराज श्रेष्ठलाई अध्यक्षमा चयन गरेको छ ।

उपाध्यक्षमा राजेश रुम्बा, उपाध्यक्ष (महिला)मा डोल्मा शेर्पा, महासचिवमा श्याम राना मगर, सचिब (सस्थागत) तर्फबाट राजु नापित र संगठन तर्फबाट शिशिर दोङ, कोषाध्यक्षमा शंकर श्रेष्ठ चयन हुनुभएको छ ।

सदस्यहरुमा मिना श्रेष्ठ, कमला तामाङ (अस्मि), पासाङ शेर्पा, पुर्णबहादुर मगर (विशाल), उद्धवकुमार श्रेष्ठ, अर्बिन्द्रमान सिंह, सरोज लामा, पासाङ घिसिङ, रबिन्द्र सिन्हाली मगर, दिक्की डोल्मा शेर्पा, फुर्वा तामाङ, सन्जय चौधरी र हिरालाल गुरुङ रहनुभएको छ ।

लेखा समिति संयोजकमा राजेन्द्र मानन्धर चयन हुनुभएको छ । समिति सदस्यहरुमा दोलख गुरुङ र राकेश चौधरी हुनुहुन्छ । अनुशासन समिति संयोजकमा बाबुकाजी श्रेष्ठ, सदस्यहरुमा रिदेन महर्जन र रसिया श्रेष्ठ चयन हुनुभएको छ ।

संघीय महाधिवेशन प्रतिनिधिमा पुर्णभक्त दुवाल, सम्झना श्रेष्ठ र पेमा लामा रहनुभएको छ । अधिवेशन बागमती प्रदेशको राजधानी हेटौँडामा सम्पन्न भएको हो ।

 

3075
Shares

ट्रेन्डिङ