सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बागमतीमा सांसदका योजनामा बजेट दिने विषयमा अझै विवाद

बागमतीमा सांसदका योजनामा बजेट दिने विषयमा अझै विवाद

545
Shares
बागमतीमा सांसदका योजनामा बजेट दिने विषयमा अझै विवाद

हेटौंडा। चालू आर्थिक वर्ष २०८०/८१ को बजेटमा सांसदका योजना समावेश गर्ने विषयमा बागमतीमा सरकार र विपक्षी दलबीच अझै संघर्ष चलिरहेको छ ।

विवादका कारण प्रदेशसभा बैठक पनि चार महिनादेखि अवरुद्ध छ । त १ असारमा प्रदेश सरकारले ६२ अर्ब ७० करोड रुपैयाँको बजेट ल्याएपछि विपक्षी दलहरु एमाले र राप्रपाले पूर्वाग्रही भएको आरोप लगाउँदै प्रदेशसभा निरन्तर अवरोध गरेका थिए । 

बजेटमा भेदभाव गरिएको र प्रभावशाली नेताहरुले आफ्नो गृहजिल्लामा मात्रै बजेट थुपारेको आरोप लगाउँदै एमाले र राप्रपाले १२, १३ र १७ असारको प्रदेशसभा बैठक अवरुद्ध गरेपछि सत्तापक्ष र विपक्षी दलबीच संवाद भएको थियो ।

त्यस क्रममा २० असारमा एमाले र राप्रपाका सांसदले छनोट गरेका केही योजनामा बजेट विनियोजन गर्ने सहमति भएको थियो । त्यसपछि २१ असारमा बजेटमाथि छलफल सकेर पारित गरिएको थियो ।

सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले विपक्षी दलहरुसँग कुरा मिलेपछि मात्रै प्रदेशसभा सञ्चालन हुने बताए ।

545
Shares

ट्रेन्डिङ