सबैको समाचार
आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • विजुली माफियाद्वारा घिसिङ माथि धम्की

विजुली माफियाद्वारा घिसिङ माथि धम्की

4365
Shares
विजुली माफियाद्वारा घिसिङ माथि धम्की

योगेश चौलागार्इं
सधैं भारतको आदेश मानेर विद्युत चोरलाई चोर्न सिकाउने, चोरको संरक्षण गर्ने र अनावश्यक लोडसेडिङ गर्न लगाएर भारतीय व्याट्री, इन्भरटर, सोलार बिकाउन पल्केका नेपाल विद्युत प्राधिकरणका सञ्चालकत्रय लम्भण अग्रवाल, मनोजकुमार मिश्र र सुरज लामिछाने कार्यकारी निर्देशक कुलमान घिसिङलाई फसाउने र जेल हाल्ने तैयारी गरिरहेको खबर छ तिनले नक्कली प्रमाण जुटाएर अख्तियारमा उजुरी गरिसकेको थाहा पाएपछि प्राधिकरणका सही र गलत कर्मचारीवीच ठूलै बादबिबाद चर्किएको छ ।
स्रोत भन्छ– यी सञ्चालक नेपाल विद्युत प्राधिकरणका सञ्चालक बन्न अयोग्य व्यक्ति हुन् । भारतीय दूतावास र पार्टीको सिफारिसमा सञ्चालक बनेका व्यक्ति हुन् यिनीहरु ।
कुलमान घिसिङ कार्यकारीमा नियुक्त भएपछि उनले राजधानी लगायतका ठाउँमा व्यवस्थापन मिलाएर र चुहावट रोकेर लोडसेडिङ घटाएपछि यी सञ्चालकहरुलाई भारतीय व्यापारीले उचालेको भरमा यिनले घिसिङविरुद्ध अख्तियारमा उजुरी हाल्न लगाएका हुन् ।
यसैवीच उर्जा मन्त्री जनार्दन शर्माले यिनीहरुसँग प्रष्टिकरणसमेत सोधेका छन् । यसबाट थाहा हुन्छ विद्युत प्राधिकरणमा भ्रष्टाचार गर्ने कति शक्तिशाली जालो रहेछ ।
यतिबेला चियापसलदेखि बाटो र कार्यालयसम्म एउटा कुरा खुब चर्चामा छ– ‘अलिकति व्यवस्थापन मिलाएको भए धेरै पहिलादेखि नै लोडसेडिङ हट्ने रहेछ नि !’ मतलव नागरिकमा एउटा कुरा के पर्दाफास भएको छ भने यहाँ केही ‘विजुली माफिया’हरुको चलखेलमा लोडसेडिङ अन्त्य हुन नसकेको हो ।
यसको पुष्टि तबमात्र भयो, जब नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भए र उनले ‘अपरेसन’ सुरु गरिरहेका पनि छन् ।
घिसिङ नियुक्त भएलगत्तै उनले उपत्यकालाई साबिकको तुलनामा धेरैबेर उज्यालो पारिदिएका छन् । दैनिक १६ घण्टा सम्म लोडसेडिङ खेपेका राजधानीबासीलाई अहिले घरिघरि एकआदि घण्टामात्र विजुली जाँदा खासै फरक पर्दैन । त्यसैले पनि यतिबेला घिसिङ चर्चाका पात्र बनेका छन् ।
लोडसेडिङ अन्त्य गर्ने नारा लगाएर कति सरकार बने, ढले । तर विद्युत प्राधिरणको प्रमुख भएर आएको दुई महिनामै राजधानी झलमल्ल पारेर घिसिङले राजधानीबासीको मनमात्रै जितेका छैनन्, राजनीतिक दललाई पनि तिखो प्रहार गरेका छन्– ‘कुरामात्रै गर्नु र काम गर्नुमा फरक छ’ भनेर ।
यसअघि दशै तिहारमा नेपालको उद्योग धन्दा कलकारखाना बन्द भएको बेला मात्रै लोडसेडिङ नहुने गरेको थियो तर अहिले भने त्यो कुरालाई चिरेर घिसिङ घिसिङले राजधानीमा २४ घण्टा बत्ती बालेर झलमल पारिदिएपछि सबै राजधानीबासी खुशी मात्रै छैनन् । उनीहरुलाई बोल्न फूर्सत छैन काम गर्न व्यस्त छन् ।
बत्ति छ मलाई बोल्ने फूर्सत छैन नि । घिसिङको उदाहरणीय कामसँगै सर्वसाधरणमा अर्को एउटा प्रश्न पनि उब्जिएको छ । ‘लोडसेडिङ अन्त्यको सम्भाव्यतालाई कुल्चिएर राजधानीलाई अँध्यारो बनाइ कसले व्यापार गरिरहेको छ त ?’ यहाँ पुष्टि नै भईसकेको छ कि केही दलाल र केही भ्रष्टहरुको चलखेलले राजधानीबासी अँध्यारोमा वर्षौ काट्न बाध्य भएका रहेछन् ।
ती दलाल को हुन् भन्ने कुरा एकपछि आफै पर्दाफास हुने डरले अहिले विद्युत प्राधिकरणका कर्मचारी र सञ्चालकहरु धिसिङलाई कार्वाही गर्ने धम्की दिई रहेको भेटिएको छ ।
Kulman Ghising, Nepal Electricity Authorityआफुसँग भएको बिजुली लुकाएर इन्भटर, सोलार, जेनेरेटरको व्यापार गर्दै आएका ब्यापारीहरु भने अहिले पुर्पुरोमा हात लगाएर बस्न बाध्य भएका छन् । आफ्नो गाउँ देखि शहर र राजधानी अध्यारो पारेर लुटको खेती गरि कमिशन र पैसा कमाउने धन्दा गर्ने अपराधीलाई जुनसुकै सजाय दिए पनि कम नै देखिन्छ ।
साच्चै देश र यहाँका नागरिकप्रति समर्पित भएर काम गर्ने हो भने परिवर्तन अवस्यम्भावी हुँदो रहेछ भने उदाहरण घिसिङले दिएका छन् । घिसिङले नागरिकको पक्षमा लागेर लोडसेडिङ हटाउने काममात्रै गरेका छैनन्, नेपालमा लोडसेडिङ गर्न नपर्ने गरी विजुली छ, कसैले बेचेर खाईरहेका छन् भन्ने सन्देश पनि अघोषित रुपमा दिएका छन् ।
यो समयमा घिसिङलाई हटाउने गरी चलखेल पनि सुरु भईसकेको छ । विजुली बेचेर खान पल्केका हाकिमदेखि कर्मचारीसम्म उनीविरुद्ध सल्बलाउन थालिसकेका छन् । तर घिसिङ विचलित भएको छैनन् ।
घिसिङ विरुद्ध नेपाल विद्युत प्राधिकरणकै कर्मचारी आन्दोलनमा उत्रने उनलाई कार्यकक्षमै थुन्ने लगायतका हल्ला पनि बजारमा न आएका हैनन् । तर पनि घिसिङ आफ्नो उज्यालो यात्रालाई अघि बढाए राजधानीलाई उज्यालो बनाई छोड्ने अठोट कायमै राखेका छन् । अहिले देशको राजधानी झलमल भएको छ लोडसेडिङको तालिका हेरिहेरि वाक्क भएका जनताहरू दंग छन् ।
त्यसैले पनि घिसिङको पक्षमा जनलहर बाक्लिएको छ । अहिले उनलाई विद्युत प्राधिकरणबाटै असहयोग भईरहेको र मौका परे कारबाहीसम्म गर्ने तयारी भईरहेको श्रोतको दाबी छ । तर यो परिस्थितिमा घिसिङविरुद्ध कुनै पनि कदम चालिएर राजधानीबासी चुपचाप लागेर बस्ने अवस्था भने देखिँदैन ।
किनभने यतिका दिनदेखि अध्यारोमा बस्न बाध्य राजधानीबासीले लोडसेडिङ बिनाका दिन र रातहरु बिताउन पाएका छन् । यसरी आफुलाई प्रफुल्लित पार्ने घिसिङमाथि कारबाही गरिए उनीहरु आन्दोलित हुने पक्कापक्की छ ।

4365
Shares

ट्रेन्डिङ