सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काभ्रेमा ७० करोड काण्डले विकासको कार्य पछि पर्यो : मन्त्री झाँक्री

काभ्रेमा ७० करोड काण्डले विकासको कार्य पछि पर्यो : मन्त्री झाँक्री

4810
Shares
काभ्रेमा ७० करोड काण्डले विकासको कार्य पछि पर्यो : मन्त्री झाँक्री

काभ्रे : शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले काभ्रेमा विकास भन्दा अगाडि ७० करोड आएको बताएकी छन् । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सचिव समेत रहेकी नेतृ झाक्रीले विकास निर्माणको काम हुन नसक्नु काभ्रेली जनता र सिंगो देशको लागि राम्रो कुरा नभएको बताएकी छन् ।

नेकपा (एकीकृत समाजवादी) धुलिखेल नगर कमिटीले आज आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले काभ्रे जिल्लामा पूर्वसंचार मन्त्री समेत रहेका काभ्रे एमालेका ईन्चार्ज गोकुल बाँस्कोटाप्रति लक्षित गर्दै ७० करोड काण्डले काभ्रेमा विकास निर्माण पछि परेको दाबी गरिन् ।

उनले अहिले पनि धेरै ठाउँमा तुलो भन्ने बित्तिकै केपी शर्मा ओली र पैसाको कुरा आउँदा गोकुल बाँस्कोटाको नाम आउने गरेको टिप्पणी गरिन् । झाक्रीले यस्तो पक्षबाट सजग रहन सम्पूर्णलाई आग्रह समेत गरेकी छन् ।

मन्त्री झाँक्रीले विकास केहि व्यक्तिको हातमा मात्रै सीमित भएको बताउदै न्यायोचित वितरण हुन नसकेको बताईन् । विभिन्न बहानामा योजनालाई अलपत्र पार्ने काम भैसकेको भन्दै आफ्नो मन्त्रीबाट हुने यस्ता गतिविधि रोक्ने प्रतिवद्धता व्यक्त गरेकी छन् ।

जुनसुकै हालतमा विकास निर्माणमा हुने सबै प्रकारका चेनलाई तोड्न आवश्यक रहेकोमा मन्त्री झाँक्रीले जोड दिइन् ।

4810
Shares

ट्रेन्डिङ