सबैको समाचार
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • भेटिएन बाघः फिर्ता भए प्राविधिक,घर फर्कियो पाडा

भेटिएन बाघः फिर्ता भए प्राविधिक,घर फर्कियो पाडा

2890
Shares
भेटिएन बाघः फिर्ता भए प्राविधिक,घर फर्कियो पाडा

 

काठमाडौं, ६ माघ : बाँके मान्छेलाई आक्रमण गरेको हिंस्रक बाघलाई नियन्त्रण गर्न चितवनबाट आए हप्ता दिन जंगलमा खटिएको प्राविधिक टोली फिर्ता भएको छ । बाघनै नभेटिएपछि प्राविधिक टोली अप्रसन बन्द गरेर फर्किएको हो ।

प्राविधिक टोलीले अप्रसन बन्द गरेपछि बाघलाई लोभ्याउन जंगलमा बाधिएका २ वटा पाडाको ज्यान बचेको छ । हप्ता दिन जंगल राखिएका पाडालाई फिर्ता ल्याइएको छ । जिल्ला वन कार्यलय बाँकेले पाडालाई किनेको ठाउँमा फिर्ता गरिएको बुझिएको छ ।

पुष २२ गते राप्तीसोनारी गाउँपालिका ४ की लीला विष्ट र २४ गते सो गाउँपालिका ६ की चाँदनी थारुको बाघको आक्रमणबाट मृत्यु भएको थियो । दुई दिनको फरकमा २ जनाको ज्यान लिएपछि हिंस्रक बाघलाई नियन्त्रणमा लिर्न चितवनबाट डा. अमिर सडौला र प्राविधिक तीर्थ लामा बाँके आएका थिए । चि

तवनबाट आएको टोलीले दुबै ठाउँमा स्थलगत अध्ययन गरेपछि चाँदनीलाई आक्रमण गरेको सदाबहार सामुदायिक वनमा ताजा पाईला फेला परेपछि त्यही आसपासमा दुई वटा पाडा बाँधेर बाघलाई नियन्त्रणको प्रयास गरिएको थियो । यो समाचार आजकोनेपाल समाचारपत्र दैनिकमा छ ।

2890
Shares

ट्रेन्डिङ