सबैको समाचार
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • आगलागीमा परी बालकको मृत्यु

आगलागीमा परी बालकको मृत्यु

475
Shares
आगलागीमा परी बालकको मृत्यु

दमक । झापा गाउँपालिकामा भएको आगलागीमा परेर एक बालकको मृत्यु भएको छ ।

शुक्रबार अपरान्ह ४ बजेतिर झापा गाउँपालिका –४ भामटोली ईनाम हुसेन शेखको घरनजिकै रहेको परालको कुन्यूमा आगलागी भएको थियो । कुन्युको परालनजिकै घरको च्यापमा खेलिरहेका शेखका साढे ४ बर्षका छोरा अतिप हुसेनको जलेर घटनास्थलमै मृत्यु भएको  हो ।

परालको कुन्युबाट सुरु भएको आगो सल्कदै घरसम्म पुगेको थियो । भद्रपुर र बिर्तामोड नगरपालिकाको दमकलको साहयताले शुक्रबार बेलुका करिब ७ बजेतिर आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

475
Shares

ट्रेन्डिङ