सबैको समाचार
शुक्रबार, बैशाख २८, २०८१
  • होमपेज
  • जसले राष्ट्रघाती भनेर सडकमा जात्रा झिक्यो, उसैले राष्ट्रवादको प्रमाणपत्र दियो : बास्कोटा

जसले राष्ट्रघाती भनेर सडकमा जात्रा झिक्यो, उसैले राष्ट्रवादको प्रमाणपत्र दियो : बास्कोटा

3215
Shares
जसले राष्ट्रघाती भनेर सडकमा जात्रा झिक्यो, उसैले राष्ट्रवादको प्रमाणपत्र दियो : बास्कोटा

 

 

नेकपा एमालेका नेता गोकुल बास्कोटाले आफ्नो पार्टीको पुरानो अडान यथावत् रहेको बताएका छन् ।

 

आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकपछि संसद भवनबाट बाहिर निस्कँदै उनले यस्तो बताएका हुन् । आजको प्रतिनिधिसभा बैठकबाट एमसिसी सम्झौता अनुमोदन भएको छ । अर्थमन्त्री जनार्दन शर्माले एमसिसी अनुमोदनका लागि प्रस्ताव पेस गरेका थिए ।

 

नेता बाँस्कोटाले बैठकपछि भने, ‘हामीले जे भन्दै आएका थियौँ । सत्तारुढ गठबन्धन जसरी बनेको थियो र उसित जति सिट थियो उसैले आफ्नो काम सम्पन्न गर्यो ।

 

हामी वेल घेरेर बसेका थियौँ ।’ उनले माओवादी र नेकपा एसप्रति लक्षित गर्दै भने, ‘जसले राष्ट्रघा ती हो भनेर सडक, सदन सरकार सबै ठाउँमा जात्रा झिक्नुभएको थियो ।

 

 

राष्ट्रघाती करार गर्नुभएको थियो । आज उहाँहरु आफैँले राष्ट्रवादको प्रमाणपत्र दिनुभयो । बाँकी कुरा जनताले फैसला गर्छन् ।’

 

 

 

3215
Shares

ट्रेन्डिङ