सबैको समाचार
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • अमेरिको फ्लोरिडा एयरपोर्टमा फारिङ ५ जनाको मृत्यु

अमेरिको फ्लोरिडा एयरपोर्टमा फारिङ ५ जनाको मृत्यु

2860
Shares
अमेरिको फ्लोरिडा एयरपोर्टमा फारिङ ५ जनाको मृत्यु

अमेरिकाको फ्लोरिडामा रहेको फोर्ट लौडरडेल एयरपोर्टमा गत शुक्रवार एक हतियारधारी एक युवकले अचानक फायरिंग गर्दा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । भने ८ जना घाइते भएका छन् । हरियारधारी युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ति युवकले किन त्यस्तो गरे खुलासा हुन सकेको छैन ।

स्थानियका करिब २० वर्षका उक्त युवक घटनाका बेला स्टारवोर्क प्रिन्ट भएको टी–सर्ट लगाएका थिए । जब उनले गनलाई रिलोड गरिरहेका थिए । त्यही समय प्रहरीले उनीमाथि गोली प्रहार गरी घाइते बनाएर हिरासतमा लिएका थिए ।

प्रहरीका अनुसार घटना टर्मिनल(द्द के बैगेज क्लेम एरियाकम भएको थियो । सो समयमा अमेरिकी राष्ट्रपतिका पूर्व प्रेस सेक्रटरी ऐरी फ्लीशर एयरपोर्टमा नै थिए । घटना पश्चात मानिसहरुको भागदौड मच्चिएको थियो । भने प्रहरीले विमानस्थलाई पुरा बन्द गरी कोही कसैलाई बाहिर निस्कन दिएको थिएन ।

ब्रोवार्ड सेरिफ कन्ट्री सेरिफ कार्यालयले विमानस्थलमा भएको घटनामा ५ जनाको मृत्यु र ८ जना घाइते भएका
छन् । घाइतेलाई अस्पतालमा उपचार भइरहेको र आरोपी युवकलाई हिरासतमा लिइ अनुसन्धान भइरहेको बताइको छ ।

untitled-2-1

एयर कनाडा र डेल्टा एयरलाइको संचलन हुने टर्मिनल २ बाट हुने र उक्त समयमा चेकजाच गर्ने प्रहरी वाहिर निस्किएको कारण उक्त घटना भएको बताइएको छ । विमानस्थन प्रसाशनले सो घटना पछि सबै उडान केही समयका लागि रद्द गरिएको बताएको छ ।

अन्र्तराष्ट्रिय समय अनुसार २३ः३० बने उक्त घटना भएको थियो । एक स्थानीय टेलिभिजनले त्यस घटनाको एउटा भिडियो सार्वजनिक पनि गरेको छ । र उसले सो भिडियो त्यही हो भनी दावी पनि गरेको
छ । उक्त भिडयोमा घाइतेहरु यत्रतत्र छरिएका छन् सहयोगकालागि चिच्चाइरहेका छन् ।

मेयर बारबरा शेरिफले सीएनएनलाई बताए अनुसार गोली चलाउने युवक एक मात्र छन् । उसलाई प्रहरीले हिरासतमा राखिएको छ । अनुसन्धान भइरहेको छ ।

उक्त विमानस्थल अनुसार त्यस विमानस्थलमा दैनिक ३२५ भन्दा बढी विमानहरुले उडान हुने जसमा ७३००० भन्दा बढी मानिसहरु यात्रा हुनेगर्दथ्यो । अहिले सो घटना पछि विमानस्थल बन्द गरिएको छ । एजेन्सी

2860
Shares

ट्रेन्डिङ