सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • एयर इन्डियाको जहाज काठमाडौँ एयरपोर्टको धावनमार्गमै अड्किएपछि…

एयर इन्डियाको जहाज काठमाडौँ एयरपोर्टको धावनमार्गमै अड्किएपछि…

1635
Shares
एयर इन्डियाको जहाज काठमाडौँ एयरपोर्टको धावनमार्गमै अड्किएपछि…

काठमाडौं, ३० साउन : नयाँ दिल्ली उड्न लागेको एयर इन्डियाको जहाजमा समस्या आएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे पुगेर उड्न लागेको विमानको ब्रेकमा समस्या देखिएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए ।

जहाजलाई रनवेबाट ट्याक्टरले तानेर पार्किङस्थल ल्याउने काम भइरहेको झाले बताए ।

एयर इन्डियाको जहाज रनवेमै समस्या आएपछि आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ । एयर इण्डिया २१६ जहाजमा १७९ जना यात्रु थिए ।

1635
Shares

ट्रेन्डिङ