सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१

यस्तो छ आजको मौसम

1470
Shares
यस्तो छ आजको मौसम

काठमाडौं, ३१ साउन : नेपालमा अहिले आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ ।

मनसुनको न्यून चापीय रेखा नेपाल नजिक रहेकाले कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सबै प्रदेशका पहाडी भू–भागको केहि स्थानहरूमा र बाँकी भू–भागको थोरै स्थानहरूमा चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केहि स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

1470
Shares

ट्रेन्डिङ