सबैको समाचार
बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • स्थानीयद्वारा धुलिखेल बीपी राजमार्ग अवरुद्ध

स्थानीयद्वारा धुलिखेल बीपी राजमार्ग अवरुद्ध

2915
Shares
स्थानीयद्वारा धुलिखेल बीपी राजमार्ग अवरुद्ध

काभ्रे : स्थानीय बासिन्दाले बीपी राजमार्गको धुलिखेल स्थित चौकोटमा सडक अवरुद्ध परेका छन् ।

केहीबेर अघिबाट स्थानीयले सडक अवरुद्ध पारेका हुन् । पिच भत्काएर राजमार्गमा धुँलो र हिलो हुने गरेर अलपत्र छोडेको विरोधमा स्थानीयले सडकमा उत्रिएका हुन् ।

यसअघि पनि उनीहरुले यो सडक अवरुद्ध गरेका थिए । त्यो बेला धुलो कम गर्नका लागि दैनिक पानी हाल्ने सहमतिपछि अवरुद्ध सडक खुलेको थियो ।

यो राजमार्गको चौकोटदेखि सारदा बतासे खण्डमा पिच उत्काइएको छ । झण्डै दुई किलो मिटर सडक क्षेत्रमा पिच उत्काइएको छ । तत्काल पिच गर्ने भन्दै रातारात भएको पिच उप्काइएको थियो । तर पिच नभएपछि स्थानीय आन्दोलनमा उत्रिएका हुन् ।

‘तत्कालै पिच गर्ने भन्दै भएको पिच उप्काइयो । तर पिच गरिएन् । त्यस कारण हिलो र धुलोले राजमार्गमा यात्रा गर्न र दायाँबायाँ बसोबास गर्ने नागरिकले निकै सास्ती खेप्नु गरेको छ । अब पिच गर्ने समय तालिकाका बारे सम्बन्धित पक्षले प्रतिबद्धता नजाउँदासम्म सडक अवरुद्ध कायम रहन्छ ।’ स्थानीयले भने ।

स्थानीयको अवरोधका कारण बीपी राजमार्ग हुँदै राजधानी प्रवेश गर्ने र बाहिरीने सवारी साधन रोकिएका छन् ।

2915
Shares

ट्रेन्डिङ