सबैको समाचार
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • काभ्रेमा साथीको हत्या आरोपमा दुई जना पक्राउ

काभ्रेमा साथीको हत्या आरोपमा दुई जना पक्राउ

65085
Shares
काभ्रेमा साथीको हत्या आरोपमा दुई जना पक्राउ

काभ्रे । साथीको हत्या आरोपमा दुई जनालाई इलाका प्रहरी कार्यालय बनेपाले पक्राउ गरेको छ । भदौ १२ गते बिहान ८:२५ बजेतिर बेथानचोक गाउँपालिका-२ ढोलखोलामा दोलखाको मेलुङ गाउँपालिका-१ घर भई हाल पेप्सिकोला बस्ने वर्ष २८ को निर्मल बुढाथोकीको हत्या भएको अवस्थामा शव फेला परेको थियो ।

उक्त घटनाको अनुसन्धान गर्ने क्रममा निर्मलको हत्यामा संलग्न उनका साथी दोलखाको सैलुङ गाउँपालिका-८ घर भएका वर्ष २६ का सुजन उप्रेतीलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक रेशम बोहोराले जानकारी दिए । उनका अनुसार, प्रहरीले सुजनलाई भदौ १३ गते काठमाडौंको ढल्कुबाट पक्राउ गरेको हो ।

घटनाबारे प्रारम्भिक सोधपुछपश्चात् निर्मल र सुजन लागूऔषध एवं गाँजा खरिद गर्नका लागि बेथानचोक गएको र बेथानचोकस्थित तिर्थराज तिमल्सिनाको घरमा बास बसेको जानकारी प्राप्त भएको प्रहरी नायब उपरीक्षक बोहोराले बताए । त्यसपछि प्रहरीको टोलीले उक्त स्थानमा तत्काल खानतलासी गर्दा तिर्थराजको घरको कोठाबाट सुजन उप्रेतीको झोला, पासपोर्टसहित प्रतिबन्धित लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ९.७७ किलोग्राम फेला परेपछि घरधनी तिर्थराजलाई पनि भदौ १३ गते नियन्त्रणमा लिएको हो ।

जिल्ला अदालत काभ्रेपलाञ्चोकको अनुमतिले निर्मलको हत्यामा संलग्न सुजनलाई ज्यानसम्बन्धी कसुर मुद्दामा पाँच दिन म्याद थप गरिएको र तिर्थराजलाई लागूऔषध मुद्दामा सात दिनको म्याद थप भई अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

65085
Shares

ट्रेन्डिङ