सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • आजदेखि अध्यागमनको सेवा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म

आजदेखि अध्यागमनको सेवा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म

465
Shares
आजदेखि अध्यागमनको सेवा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म

काठमाडौं ।  आज फागुन १ गतेदेखि  अध्यागमन विभागले सेवा अवधिको समय बढाएको छ ।

आजदेखि विभागले बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म हप्ताको सातै दिन सेवा दिने जनाएको छ । यसअघि कार्यालय समय बिहान १० बजेदेखि साँझ ५ बजेसम्ममात्र सेवा प्रवाह हुँदै आएको थियो भने सार्वजनिक विदाको दिन विदा हुने गर्दथ्यो ।

स्वदेश तथा विदेशमा रहेकाहरुलाई सहज र छिटो सेवा प्रवाह गर्नका लागि समय अवधि थप गरिएको विभागका महानिर्देशक रुद्रसिंह तामाङले जानकारी दिए ।

विभागका निर्देशक रेवती रमण शर्माले जारी गरेको सूचनामा लेखिएअनुसार थप गरिएको समयमा नेपाल आगमन पूर्व ई–भिसाको लागि आवेदन र स्वीकृति, पर्यटक भिसा थप, गैह्रपर्यटक भिसाबाट पर्यटक भिसामा रुपान्तरण, गैह्रपर्यटक भिसा जारी र ट्रेकिङ परमिट जारी गर्ने काम हुने छ । ई–भिसाको लागि आवेदन तथा प्राप्ति प्रक्रियाका लागि विभागको वेबसाइटमा अपलोड गरिएको तरिका हेर्न विभागले भनेको छ ।

बैंकहरु बन्द भइसक्ने भएकाले अनलाइनमार्फत् भुक्तानी हुने भनिएको महानिर्देशक तामाङले बताए । उनका अनुसार जुनसुकै बैंकको एपबाट भुक्तानी गर्न सकिन्छ । फोन पे, कनेक्ट आईपीएस र वालेटतर्फ खल्ती र ई–सेवाबाट भुक्तानी गर्न मिल्ने विभागले जनाएको छ ।

थप गरिएको समयमा काम गर्नका लागि अहिले कायम जनशक्तिबाटै व्यवस्था मिलाइएको छ । थप समयमा काम गरेवाफत कर्मचारीहरुले अर्थमन्त्रालयको नियमअनुसारको अतिरिक्त भुक्तानी पाउने छन् ।

465
Shares

ट्रेन्डिङ