सबैको समाचार
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • रोग सँग लड्नेकी सहकारी सँग ? ऋण तिर्न घर बेच्न बाध्य निरन्जन

रोग सँग लड्नेकी सहकारी सँग ? ऋण तिर्न घर बेच्न बाध्य निरन्जन

3810
Shares
रोग सँग लड्नेकी सहकारी सँग ? ऋण तिर्न घर बेच्न बाध्य निरन्जन

काभ्रे । काभ्रेको बनेपाका एक स्थानीय आफै बिरामी हुदा हुदै सहकारीलाई पैसा बुझाउदा समेत् सहकारीले पिडा दिएको गुनासो गरेका छन्। उनले भने आफुले पैसा तिर्दा तिर्दै पनि हिसाब माग गर्दा समेत सहकारीले हिसाब नदिएको र आफै सहकारीको अध्यक्ष रहेको सहकारी बाट नै उल्टै निलम्बन गरीएको पत्र पठाएको बताए। बनेपा चण्डी केवल संगै घर रहेका निरन्जन जस्पाउ बनेपामा रहेको अजिमा बचत तथा ऋण सहकारी सस्था लि. ले आफुलाई अन्याय गरेको विमार हुदा हुदै बेडबाट नै आफ्नो गुनासो आज पत्रकार सम्मेलन नै गरेर जानकारी दिएका हुन् ।

निरन्जन जस्पाउले गत १५ बर्षदेखि अजिमा सहकारी सस्थामा आबद्ध रहेको बताउँदै जस्पाउले पहिला सचीव हुँदै हाल अध्यक्ष रहेको बताए । उनी विगत ११ महिनादेखि डेङ्गु र निमोनिया रोगले ग्रसित छन् । उनि अहिले अक्सिजनको साहायताका साथ घरमा नै आराम गर्दै छन्। यस्तो विषम परिस्थितिमा पनि अजिमा साकोसले आफुले लिएको ऋणको सावाँ र ब्याज तिर्न गरेको ताकेताले आफुलाई झन् चिन्ता दिएको र सो ऋण तिर्नकै लागि आफुले घरनै बेचेको जस्पाउ बताउँदै आएका छन् ।

निरन्जन जस्पाउले विगत ५ बर्षमा पटकपटक गरि ३ करोड ९० लाख रुपैयाँ अजिमा बचत तथा ऋण सहकारी सस्था लि. बाट ऋण लिएको बताएका छन् । उनले आज आफ्नै घरमा पत्रकार सम्मेलन गरि आफुले लिएको ऋण भन्दा बढी रकम ऋण लिएको बताउदै ऋणको सावाँ र ब्याज बापतको रकम भुक्तानी गर्न साकोसले ताकेता गरेको बताए ।

जस्पाउ भन्छन् अजिमा साकोसले ६ करोड ९० लाख ६३ हजार ५ सय रुपैयाँ ऋण बाकी बक्यौता रहेको बताएको छ तर कसरी यति हिसाब भयो भन्ने स्वयम् जस्पाउ लाई नै थाहा नभएपछि सो को हिसाब माग गर्दा समेत सहकारीले हिसाब नदेखाएको उनको दावी छ। निरन्जनले पटक पटक साकोसलाई सोध्दा हिसाबकिताब साकोसले नदिएको उनको गुनासो छ ।

त्यतीमात्र नभएर आफ्नै सस्था हो भनी आफ्नो श्रीमतीको नाममा रहेको जग्गा धरौटी राखेर अजिमा साकोसले २ करोड ऋण लिएको र अजिमाले ऋण नतिरेपछि मलाई ऋणि बनाई मेरो मानहानी र प्रतिष्ठामा आच पुग्ने गरि ऋण नै नलिएको धितो लिलाम बिक्री सम्बन्धि सुचना आउँदा आफुलाई अन्याय भएको जस्पाउ को दावी छ ।

लिलाम निकाल्दा सम्मनि सहकारीले ऋणि बनेको अजिमा सहकारीको बोर्ड मेम्बरको नाममा लिलाम निकाल्नु पर्नेमा तेसो नगरी आफ्नो मात्र चरित्र हत्या गर्ने उदेस्यका साथ आफ्नो नाम मात्र ऋणिको रुपमा सार्वजनिक गरीएको उनको गुनासो छ।

आफ्नो करोडौं पर्ने जग्गालाई अजिमा साकोसले सस्तोमा लिलाम गर्न खोजेको उनको आरोप छ । साथै जस्पाउले अजिमा इन्भेस्टमेन्ट र अजिमा हाइड्रोपावर अजिमा सहकारी भन्दा फरक रहेको बताउँदै तिनका अध्यक्षले एउटै हो भनी भ्रम सृजना गरि व्यक्तिहरुबाट शेयर लगानी गराई लाखौं रुपैयाँ संकलन गरेको र इन्भेस्टमेन्टको भवनलाई अजिमा सकोसको भवन भनी भ्रम फैलाएकोमा आफुलाइ दुख लागेको बताए।

उनले अजिमा इन्भेस्टमेन्टको भवन निर्माणको क्रममा र जग्गा खरिद गर्ने क्रममा लाखौं रुपैयाँ अनियमिता भएको आरोप लगाउँदै त्यसको छानबिन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएका छन् । मलाई अजिमा साकोसले अध्यक्ष भएर पदको दुरुपयोग गर्यो भनेको छ, मैले पदको दुरुपयोग नगरेको बताउँदै जति पनि ऋण लिएको छु पुर्ण रुपमा संचालन समितिको बैठकले स्वीकृत गरेपछी मात्र लिइएको र नियम बिपरित कार्य नगरेको जस्पाउ ठोकुवा गर्छन् ।

अजिमा साकोसले भने निरन्जन जस्पाउले यस सस्थाबाट कर्जा लिएको र कर्जाको मासिक रुपमा हुन आउने किस्ता र ब्याज सस्थाबाट पटकपटक टेलीफोन र पत्राचार गर्दा पनि नतिरेको कारण धितो सुरक्षणमा राखिएको जग्गा लिलाम बिक्रीको लागि सुचना निकालिएको बताएको छ ।

साथै साकोसका सचीव सोक सुधार भैलले २०८० भाद्र १ गतेको संचालक समितिको बैठकले कर्जाको भाका नाघेकाले र बाकी बक्यौता राखी बसेकोले जस्पाउ लाई अध्यक्ष पदबाट निलम्बन गरेको जानकारी दिएका छन् । साथै भैलले जस्पाउले कार्यालयबाट ६ करोड ९० लाख ६३ हजार ५०० रुपैयाँ रकम कर्जा लिएको बताएका छन् ।

3810
Shares

ट्रेन्डिङ