सबैको समाचार
आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • शिक्षकको डेङ्गु सङ्क्रमणबाट मृत्यु

शिक्षकको डेङ्गु सङ्क्रमणबाट मृत्यु

1305
Shares
शिक्षकको डेङ्गु सङ्क्रमणबाट मृत्यु

काठमाडौं । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा एक पुरुषको डेङ्गु सङ्क्रमणबाट मृत्यु भएको छ । रोल्पा माडी गाउँपालिका–२ घर्तीगाउँ का ५१ वर्षीय यज्ञबहादुर डाँगीको मृत्यु भएको प्रतिष्ठानका सूचना अधिकारी निशान भट्टराईले जानकारी दिए ।

डाँगीलाई केही समयअघिदेखि स्वास्थ्यमा समस्या देखिए पनि प्रतिष्ठानमा भने आइतबार साँझ उपचारका लागि ल्याइएको थियो । उनको उपचारकै क्रममा आज बिहान मृत्यु भएको सूचना अधिकारी भट्टराईले भनाइ छ । डाँगीले श्री कृष्ण माध्यमिक विद्यालय घर्तीगाउँमा अध्यापन गराउँदै आएको थियो ।

1305
Shares

ट्रेन्डिङ