सबैको समाचार
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • सडकको काम सम्पन्न नभएपछि सांसदको तस्वीर रुखमा टाँसियो

सडकको काम सम्पन्न नभएपछि सांसदको तस्वीर रुखमा टाँसियो

815
Shares
सडकको काम सम्पन्न नभएपछि सांसदको तस्वीर रुखमा टाँसियो

सुर्खेत । सडक निर्माणको काम लथालिंग पारेका भन्दै दैलेख क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद दिक्पाल शाहीको तस्वीर रुखमा टाँसिएको छ ।

सांसद शाहीको तस्वीरको पोष्टर रुख रुखमा टाँसेर पश्चिम सुर्खेतका नागरिकलले ‘माननीय ठेकेदार दिक्पाल शाहीज्यू बाटो कहिले बन्छ ?’ भन्दै उनलाई प्रश्न गरेका छन् । सांसद शाहीका छोराको नाममा रहेको निर्माण कम्पनीले मदन भण्डारी राजमार्गअन्तर्गत सुर्खेत बड्डीचौरदेखि खम्बागाडे खण्डको १२ किलोमिटर सडक कालोपत्रेको जिम्मा लिएको छ । तर, कालोपत्रे गर्ने भनेर ठेक्का लिएको लामो समय बित्दा पनि कामअघि नबढेपछि स्थानीयले सांसद शाहीको तस्वीर रुख रुखमा टाँस गरेका हुन् ।

गत वर्षको असारमा पूर्वसामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सडक स्तरोन्तीको शिलान्यास गरेका थिए । पूर्वाधार विकास निर्देशनालय सुर्खेत र सांसद शाहीको निर्माण कम्पनी अनक जयदेवी जेभी बाँकेबीच ४२ करोड ४७ लाख ६१ हजार रुपैयाँ लागतमा ठेक्का सम्झौता भएको थियो । शाहीको तस्वीरसहितको पोष्टर यतिबेला सामाजिक सञ्जालहरुमा समेत भाइरल भएको छ ।

स्थानीयले समयमै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई बारम्बार आग्रह गर्दा पनि अटेरी गरेपछि ठेकेदार सांसद शाहीको फोटोसहित दबाबमूलक सन्देश लेखिएको पोस्टर रुखका टाँस्न थालेका हुन् । ठेकेदार कम्पनीहरुले सडकको ठेक्का लिने र विभिन्न बहानामा समयमा काम नगर्ने प्रवृत्तिबाट आजित बनेका स्थानीय स्वतस्फूर्त रुपमा विरोधमा उत्रिएका हुन् ।

उता सांसद शाहीले भने आˆनो तस्वीरलाई पोष्टर बनाएर टाँसिएको विषयमा आफूलाई थाहा नभएको प्रतिकृया दिए । ‘यो विषयमा मलाई फोन आइरहेको छ । म यात्रामा छु, यो विषयमा बुझेर खबर गर्छु,’ शाहीले भने ।

815
Shares

ट्रेन्डिङ