सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

620
Shares
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

कास्की | पोखरा महानगरपालिका-७ राष्ट्रबैंक चोकस्थित समिता खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालिका बाग्लुङ तमानखोला गाउँपालिका-१ घर भएकी ४५ वर्षीया समिता आले समेत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४३ हजार ६ सय ५५ रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

620
Shares

ट्रेन्डिङ