सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • दुर्घटनामा परी युवतीको  मृत्यु

दुर्घटनामा परी युवतीको  मृत्यु

435
Shares
दुर्घटनामा परी  युवतीको  मृत्यु

सर्लाही । सर्लाहीको बागमती नगरपालिका–१२, भरतताल नजिक शनिबार  मोटरसाइकल दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकल पछाडि सवार बरहथवा नगरपालिका–७, की १९ वर्षीया अस्मिता रायको मृत्यु भएको हो । 

भरत तालबाट बरहथवातर्फ जाने सडकमा मधेस प्रदेश–०३–२५ प ५९२७ नम्बरको मोटरसाइकल तीव्र गतिका कारण अनियन्त्रित भई पल्टिँदा अस्मिता गम्भीर घाइते भएकि थिइन् ।

 बागमती मोडेल अस्पताल कर्मैयामा सामान्य उपचारपश्चात् चन्द्रपुर सरकारी अस्पताल रौतहट पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक बरहथवा नगरपालिका–७, कै २६ वर्षीय मुन्ना यादव सामान्य घाइते  भएका छन् ।

435
Shares

ट्रेन्डिङ