सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • ठगी आरोपमा वडा सदस्यसहित ४ जना पक्राउ

ठगी आरोपमा वडा सदस्यसहित ४ जना पक्राउ

820
Shares
ठगी आरोपमा वडा सदस्यसहित ४ जना पक्राउ

काठमाडौं । ठगी आरोपमा वडा सदस्यसहित चार जना परेका छन् ।

पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका वडा नं. ६ खहरे बस्ने वडा सदस्य ४२ वर्षीय दिपेन्द्र पहारी, पोखरा महानगरपालिका वडा नं. ६ लेकसाइड बैदाम बस्ने ४१ वर्षीय विकास पहारी, बैदामकै २२ वर्षीय प्रवीन विश्वकर्मा र २४ वर्षीय अभिषेक परियार र अभिषेक बराल रहेका छन् ।

फोटोग्राफी व्यवसाय दर्ता गरिदिने भनी १३ हजार ५०० रुपैयाँ लिएको तर दर्ता नगरिदिएको भन्दै १५ जना व्यक्तिहरुले उनीहरुविरुद्ध उजुरी परेपछि  कास्की प्रहरीले पक्राउ गरेको हो ।

 ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा १० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको कास्की प्रहरीले जनाएको छ ।

820
Shares

ट्रेन्डिङ