सबैको समाचार
आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • ४ जनाको हत्यामा शंकास्पद १ जना प्रहरीको नियन्त्रणमा

४ जनाको हत्यामा शंकास्पद १ जना प्रहरीको नियन्त्रणमा

1305
Shares
४ जनाको हत्यामा शंकास्पद १ जना प्रहरीको नियन्त्रणमा

मुगु । मुगुमा एकै परिवारका तीन बालबालिकासहित चार जनाको हत्या भएको घटनामा प्रहरीले एक शंकास्पदलाई नियन्त्रणमा लिएको छ । सोधपुछका लागि आइतबार नियन्त्रणमा लिएको बताएको प्रहरीले उनको पहिचान भने गोप्य राखेको छ ।

त्यस्तै घटनाको अनुसन्धान गरिरहेको प्रहरीले आफूहरुको अनुसन्धान हत्यारा नजिक पुगेको दाबी समेत गरेको छ । कुकुरसहित अनुसन्धानमा परिचालित प्रहरी अहिले घटना भएको स्थान छायाँनाथ रारा नगरपालिका–६ मन्दु गाउँ वरपर अनुसन्धानमा तल्लीन छन् । प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार अहिले प्रहरीले महत्वपूर्ण प्रमाण फेला पारिसकेको भए पनि अझै अनुसन्धान भने जारी राखेको हो ।

“हामीले महत्वपूर्ण प्रमाण भेटाएका छौँ, हामी अहिले शङ्का लागेकालाई सोधपुछ गर्नेदेखि नियन्त्रणमा लैजानेसम्मका काममा लागेका छौँ, अनुसन्धानको नजरमा परेकाको घटनासँग संलग्न रहेको सत्यतथ्य र प्रमाणित प्रमाण जुटेपछि नियन्त्रणमा लिइ हामी तपाइँहरुलाई जानकारी दिन्छौँ, अहिले सबै कोणबाट अनुसन्धान गरिरहेका छौँ, यति भनौँ हामी हत्यारा नजिक नजिक पुगेका छौँ”, प्रहरी नायब उपरीक्षक थापा भन्छन् । अनुसन्धानलाई सघाउन आइतबार कर्णाली प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक भीम ढकाल पनि मुगु पुगेका छन्।

शुक्रबार छाँयानाथ रारा नगरपालिका–६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा, ८ महिनाका छोरा रहर बोहोरा र ८ वर्षीया छोरी अप्सरा बोहोराको शव घरभित्रै फेला परेको थियो । शनिबार शव जिल्ला अस्पतालमा लगिए पनि हालसम्म ‍पोष्टमर्टम भने हुन सकेको छैन।

उता मृतकका श्रीमान् दिपक बोहोरा वैदेशिक रोजगारीमा कतार रहे पनि घरमा श्रीमतीसहित छोराछोरीको हत्या भएको खबर पाएपछि शुक्रबार रातिनै काठमाडौँ विमानस्थलमा ओर्लेर आइतबार मुगु पुगेका छन् । हत्याको अनुसन्धान गर्न नेपाल प्रहरीको विशेष अनुसन्धान टोली परिचालित छ ।

1305
Shares

ट्रेन्डिङ