सबैको समाचार
आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • पनौतीमा सम्पदा संरक्षण गर्न भिन्तुना र्याली हुने

पनौतीमा सम्पदा संरक्षण गर्न भिन्तुना र्याली हुने

3310
Shares
पनौतीमा सम्पदा संरक्षण गर्न भिन्तुना र्याली हुने

काभ्रे | पनौतीमा रहेको सम्पुर्ण सम्पदाहरुको संरक्षण गर्न पनौतीमा सम्पदा र्यालि हुने भएको छ । पनौती नेपाल र पनौती नेपाल महिला समूहद्वारा नेपाल सम्बत् ११४४ को शुभ अवसरमा भिन्तुना पनौती सम्पदा र्यालीको आयोजना गर्न लागिएको हो । शुभ दीपावलीको चौथो दिन गोवर्धन पूजा (म्ह पूजा) को दिन आयोजना गर्ने भिन्तुना सम्पदा र्याली कार्यक्रममा बालबालिका, युवा तथा महिला, बृद्ध तथा बूढा, समाजसेवी, मान्यजनहरु, विशिष्ट व्यक्तिहरुको सहभागिता रहने आयोजक पनौती नेपालले बताएको छ ।

साथै पनौती आसपासका क्षेत्रहरुमा रहेका विभिन्न साँस्कृतिक झाँकीहरु, बाजा, नाच, विभिन्न जातजातिका भेषभूषा जादिलाई कार्यक्रममा सहभागी गराई सहभागीहरुमा विभिन्न झाँकीहरुको जानकारी गराउने तथा प्रवर्द्धन र प्रचार गर्ने उदेश्यले सम्पदा र्यालिको उद्देश्य रहेको पनि आयोजकको भनाइ छ ।

शक्तिवर्द्धक एवं स्वादिष्ट योमरीको उद्गम स्थल समेत मानिने यस भूमि कला, संस्कृति, रीतिरिवाजले भरिपूर्ण रहेको छ । पाइलै पिच्छे मठ मन्दिर, हप्तै पिच्छे जात्रा पर्व, पनौती नगरको गौरव हो । हाम्रा पूर्खाले हामीलाई सुम्पेका यी मूर्त, अमूर्त सम्पदालाई जोगाउँदै आगामी पुस्तामा हस्तान्तरण गर्नु नै यस संस्थाको मुख्य उद्देश्य रहेको पनौती नेपालका अध्यक्ष श्रीनिवास श्रेष्ठले बताए ।

पनौती नेपालले पहिलो कार्यक्रम स्वरुप २०६८कार्तिक २८ गते “भिन्तुना मोटर तथा मोटरसाइकल -याली” आयोजना गरेको थियो । यस संस्थाले आजको दिनसम्म आइपुग्दा समाज र सामाजिक हितका लागी विविध सामाजिक कार्यहरू गर्दै आइरहेको छ । युगौं युगसम्म रहिरहने परिकल्पना सहितको यस संस्थाको सामाजिक अभियानको पहिलो पाइला चालेसँगै यस संस्थाको विविध दायित्त्वहरू पनि थपिदै गएको छ ।

विभिन्न मठ मन्दिर, विभिन्न टोल जादि सरसफाई, विद्यालयहरुमा शैक्षिक सामाग्री हस्तान्तरण, स्वास्थ्य शिविर, विभिन्न अन्तकृयात्मक कार्यक्रम, जात्रापर्वहरुमा प्रत्यक्ष वा अप्रत्यक्ष सहभागिता जस्ता विविध कार्यहरु यस संस्थाले संचालन गर्दै आइरहेको छ । हरेक वर्ष नेपाल सम्बत्‌का अवसरमा याली आयोजना गर्ने यस संस्थाले हरेक वर्ष माघ महिनामा साँखुबाट ल्याइने माधव नारायणका व्रतालु तथा भक्तजनहरुको लागि भोजन अन्य आवश्यक सामाग्रीहरुको समेत व्यवस्था गर्दै आएको सस्थाका अध्यक्ष निवास श्रेष्ठले बताए ।

आयोजकले हाम्रो परम्परा, हाम्रो संस्कृति हामीले जर्गेना गर्ने हो भन्दै चाहे जाकीडोलको लाखे होस्, चाहे तामाङको झाँकी नृत्य नै किन नहोस्, चाहे खैजडि भजन नृत्य होस्, चाहे पनौतीको देवी नाच नै किन नहोस् यी सबैलाई जर्गेना गर्दै एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्दै लैजाने र पनौतीमा भएका झाँकीहरु, कला संस्कृतिहरुलाई विश्व बजारमा पहिचान गराउने यस कार्यक्रमको उद्देश्य रहेको छ । अतः सम्पूर्ण कला, संस्कृति प्रेमीहरुलाई यस कार्यक्रममा सहभागी हुन अनुरोध गर्दै हाम्रो अभियानलाई साथ दिइदिनुहुन अनुरोध समेत गरेको छ ।

3310
Shares

ट्रेन्डिङ