सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • वैदेशिक रोजगार ठगी मुद्दामा एक जना पक्राउ

वैदेशिक रोजगार ठगी मुद्दामा एक जना पक्राउ

785
Shares
वैदेशिक रोजगार ठगी मुद्दामा एक जना पक्राउ

काठमाडौँ | प्रहरीले भक्तपुरको बालकोटबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मध्यपुर थिमी नगरपालिकास्थित बालकोट बस्ने ३६ वर्षीय विनोद थापा छन् ।

भोजपुर षडानन्द नगरपालिका–१ घर भएर बालकोट बस्दै आएका थापालाई वैदेशिक रोजगार ठगी मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका एकजना अधिकृतले बताए ।

उनलाई पक्राउ गरेर उपस्थित गराउन वैदेशिक रोजगार विभागले प्रहरीलाई पत्र पठाएको थियो । तिहार बिदा सकिएपछि उनलाई विभागमा उपस्थित गराउने प्रहरीको तयारी छ ।

आरोपित थापा एनआरएनए मलेसियाका अध्यक्ष हुन् ।

785
Shares

ट्रेन्डिङ