सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • आजको मौसम : हिमपातको सम्भावना

आजको मौसम : हिमपातको सम्भावना

1090
Shares
आजको मौसम : हिमपातको सम्भावना

काठमाडौं, मंसिर ३ : हाल सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यत: सफा रहेको छ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ । आज दिउँसो आंशिक बदली भइ कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली भइ बाँकी भू-भागको मौसम सामान्यत: सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात हुनेछ।

भोलि (सोमबार) कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात हुने महाशाखाले जनाएको छ । राति कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात हुने पूर्वानुमान छ ।

मंगलबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको तथा उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात हुने महाशाखाले जनाएको छ । राति कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात हुनेछ ।

1090
Shares

ट्रेन्डिङ